२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बिहीबार सीएनआई एक्स्पोको भव्य उद्घाटन

Logo

विराटनगर, माघ १८

नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा बिहीबारदेखि ऐतिहाँसिक सिएनआई कोसी एक्स्पो २०७९ सुरु हुँदैछ । १० दिनसम्म चल्ने एक्स्पोको उद्घाटनका लागि तयारी तिब्र पारिएको छ ।
भव्य समारोहका बीच एक्स्पोको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । एक्स्पो स्थलमा राखिएका करीव चार सय स्टलहरुमा उद्योगी व्यवसायीहरुले आफ्ना उत्पादनको प्रवद्र्धन र विक्री वितरणको तयारी गरिरहेका छन् ।
उद्घाटनलाई भव्यता प्रदान गर्न प्रमुख सल्लाहकार महेश जाजुले विशेष कार्यक्रम तयार पारिएको बताएका छन् । उनले उद्घाटनलाई अविस्मरणिय बनाउन कुनैपनि कसर बाँकी नराख्ने बताए । उद्घाटनमा बटुकहरुद्वारा स्वस्तिक बाचनदेखि शान्तिका दुतका रुपमा १३ वटा परेवा र बेलुन उडाउनेसम्मका कार्यक्रम राखिएका छन् । आयोजक समितिका सवै पदाधिकारीहरुले अनिवार्य रुपमा दौरा सुरुवाल लगाएर कार्यक्रममा उपस्थिति जनाउने छन् ।मकपि
उद्घाटन अघि अपरान्ह १२ बजे विराटनगरको ट्राफिक चोकबाट सवै जातजातीको परम्परा र साँस्कृतिक पहिचान झल्किने पोषाकमा झाँकीसहितको ¥याली पनि निकालिने एक्स्पोको सचिवालयले जनाएको छ ।
महिलाको समुहले पञ्चेबाजा बजाएर झाँकीको सूरुवात गरिने जनाइएको छ । झाँकीमा नेपाल पुलिसको ब्याण्डसहित थारु, झाँगड लगायतका जातजातीको समुह सहभागी हुने सीएनआई प्रदेश १ अध्यक्ष भीम घिमिरेले बताए ।
एक्स्पोको प्रचारका लागि बुधबार एक्स्पो स्थलबाट मोटरर्‍याली समेत निकालिएको थियो । नेपाल उद्योग परिसंघ अन्तरगतको युवा उद्यम च्याप्टरको समन्वयमा निकालिएको मोटर ¥यालीको उद्घाटन सीएनआईका प्रमुख सल्लाहकार महेश जाजु, सल्लाहकार पवन सारडा लगायतले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]