२० कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

बिहीबार सीएनआई एक्स्पोको भव्य उद्घाटन

Logo
प्रकाशित बुधबार, माघ १८, २०७९

विराटनगर, माघ १८

नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा बिहीबारदेखि ऐतिहाँसिक सिएनआई कोसी एक्स्पो २०७९ सुरु हुँदैछ । १० दिनसम्म चल्ने एक्स्पोको उद्घाटनका लागि तयारी तिब्र पारिएको छ ।
भव्य समारोहका बीच एक्स्पोको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । एक्स्पो स्थलमा राखिएका करीव चार सय स्टलहरुमा उद्योगी व्यवसायीहरुले आफ्ना उत्पादनको प्रवद्र्धन र विक्री वितरणको तयारी गरिरहेका छन् ।
उद्घाटनलाई भव्यता प्रदान गर्न प्रमुख सल्लाहकार महेश जाजुले विशेष कार्यक्रम तयार पारिएको बताएका छन् । उनले उद्घाटनलाई अविस्मरणिय बनाउन कुनैपनि कसर बाँकी नराख्ने बताए । उद्घाटनमा बटुकहरुद्वारा स्वस्तिक बाचनदेखि शान्तिका दुतका रुपमा १३ वटा परेवा र बेलुन उडाउनेसम्मका कार्यक्रम राखिएका छन् । आयोजक समितिका सवै पदाधिकारीहरुले अनिवार्य रुपमा दौरा सुरुवाल लगाएर कार्यक्रममा उपस्थिति जनाउने छन् ।मकपि
उद्घाटन अघि अपरान्ह १२ बजे विराटनगरको ट्राफिक चोकबाट सवै जातजातीको परम्परा र साँस्कृतिक पहिचान झल्किने पोषाकमा झाँकीसहितको ¥याली पनि निकालिने एक्स्पोको सचिवालयले जनाएको छ ।
महिलाको समुहले पञ्चेबाजा बजाएर झाँकीको सूरुवात गरिने जनाइएको छ । झाँकीमा नेपाल पुलिसको ब्याण्डसहित थारु, झाँगड लगायतका जातजातीको समुह सहभागी हुने सीएनआई प्रदेश १ अध्यक्ष भीम घिमिरेले बताए ।
एक्स्पोको प्रचारका लागि बुधबार एक्स्पो स्थलबाट मोटरर्‍याली समेत निकालिएको थियो । नेपाल उद्योग परिसंघ अन्तरगतको युवा उद्यम च्याप्टरको समन्वयमा निकालिएको मोटर ¥यालीको उद्घाटन सीएनआईका प्रमुख सल्लाहकार महेश जाजु, सल्लाहकार पवन सारडा लगायतले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]