२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

शनीबार ‘सीएनआई कोसी एक्स्पो’काे समापनमा ‘द एज ब्याण्ड’ ले प्रस्तुति दिने

Logo

विराटनगर, माघ २७

नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेबाट सुरु भएको ‘सीएनआई कोसी एक्स्पो २०७९’ को समापन शनिबार हुँदैछ । १० दिने एक्स्पो ऐतिहाँसिक रुपमा सम्पन्न हुन लागेको हो । विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको एक्स्पो भव्य रुपमा सफल हुन लागेको जनाइएको छ ।
एक्स्पोको समापन समारोह पनि उद्घाटन जस्तै अविस्मरणीय बनाइने दाबी छ । एक्स्पोमा ३७० वटा स्टलहरु रहेका थिए । स्वदेशी तथा विदेशी उत्पादन र वस्तुहरुको अवलोकन तथा खरिद विक्रीमा पनि सीएनआईले राम्रो अवसर प्राप्त गरेको जनाइएको छ ।

मुलुक आर्थिक रुपमा विषम अवस्थामा रहेको बेलामा आर्थिक गतिविधीलाई चलायमान बनाउन र उद्योग व्यवसायलाई बचाइराख्नका लागि सीएनआई कोसी एक्स्पोको भूमिका महत्वपूर्ण ठहरिएको सिएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए । उनले मुख्य प्रायोजकदेखि प्रायोजक, प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने विराटनगर महानगरपालिकासहित सुनसरीको दुहवी नगरपालिका, मोरङको बुढीगंगा र कटहरी गाउँपालिकाले स्थानीय स्तरमा रहेका उद्यमीहरुलाई उत्पादन प्रवद्र्धनमा अतुलनिय सहयोग पु¥याएको दाबी गरे ।

एक्सोलाई ऐतिहाँसिक बनाउने लक्ष्य अनुसार प्रदेश १ कै सर्वोच्च शिखर सगरमाथाबाट आर्थिक समृद्धिको सुरुवात गर्ने अभियान समेत सफल भएको उनले बताए ।
एक्स्पोमा नेपाल बाहेक भारत, बंगलादेश, पाकिस्तान लगायत अन्य मुलुकहरुबाट उद्योगी व्यवसायीहरुले आफ्नो मुलुकको उत्पादनलाई नेपाली उपभोक्तामाझ परिचित गराएका छन् । एक्स्पो अवधिभर हरेक साँझ नयाँ–नयाँ कलाकारहरुले प्रस्तुत गर्ने सांगीतिक र सा“स्कृतिक प्रस्तुतिले समेत एक्स्पोको अपरिहार्यता पुष्टि गरेको जनाइएको छ ।

तीन तहको सरकार मध्ये एक्स्पोलाई सफल बनाउन सहयोग गरेको प्रदेश १ सरकार, विभिन्न मन्त्रालय र निकायहरुको भूमिका पनि सीएनआई प्रदेश १ का लागि निकै महत्वपूर्ण बनेको अध्यक्ष घिमिरेले बताए ।
एक्स्पोको समापन शनिबार अपरान्ह ३ बजे प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने जनाइएको छ । त्यसैगरी अतिथिहरुमा संघीय सरकारका सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, महिला वालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी लगायतका विशिष्ट व्यक्तित्वहरु सहभागी हुने अध्यक्ष घिमिरेले बताए ।
समापनका लागि सीएनआई प्रदेश समितिले महत्वपूर्ण तयारीहरु गरेको छ । एक्स्पोमा उत्कृष्ट रहेका स्टलहरुलाई मुल्यांकन समितिको सिफारिसमा समापन समापन समारोहमा सम्मान गरिने जनाइएको छ ।
सीएनआईले एक्स्पो अवधिभर ज्येष्ठ नागरिकहरुलाई टिकट निशुल्क गरेको थियो । समापनमा पनि त्यसलाई निरन्तरता दिइएको जनाइएको छ । अन्य उमेर समुहको हकका भने यसअघि नै परिमार्जन गरेर तोकिएको प्रवेश शुल्क लाग्ने छ । जस अनुसार साँझ ६ः३० बजेसम्म १०० रुपैयाँमा टिकट खरिद गर्न सकिने छ । त्यसपछिको समय २०० रुपैयाँ लाग्ने जनाइएको छ ।
समापन समारोह सम्पन्न भएपछि साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएको छ । शनिबार साँझ चर्चित ब्याण्ड ‘द एज ब्याण्ड’ को प्रस्तुति रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]