१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

वडाअध्यक्षको रोइलो , रु. १००० पनि खर्च गर्ने अधिकार हामीमा छैन…

Logo

निरज बस्नेत
विराटनगर, फागुन १९
देशभर ७५३ पालिका छन् । यसमा ६७४३ वडाहरु छन् । सिंहदरवारको अधिकार घर–घरमा आउँछ भनी संघीय गणतन्त्र घोषणा गरिएको हो । घरमा त परै जाओस्, जनप्रतिनिधिमा समेत एकरत्ति अधिकार आएको छैन ।

खोई कहाँ छ लोकतन्त्र ? यही सवैको लागि नेपाली जनतालाई बलिको बोको बनाएको हो ? होइन भने जनताको अधिकार घर घरमा कहाँ छ त ? जनजनले तेर्साउँने गम्भिर प्रश्न आज बनिरहेको छ यो ? सम्वन्धित वडा कार्यालय कोही केही सहयोग माग्न जाँदा वडाअध्यक्षको उत्तर आउँछ , हामीलाई रु. १००० पनि खर्च गर्ने अधिकार छैन भन्दै रुन्चे अनुहार पार्छन् ।

अनि जनताले सिंहदरवारको अधिकार घर घरमा आएको होइन भनी सोध्दा उल्टै अनभिज्ञता प्रकट गर्छन् । लाचारीको हद नाघ्छन् । अनि हामीमा पालिकाले केही अधिकार दिएको छैन । सम्पूर्ण कुरा पालिकाले नै हेर्छ । अफिसको लागि चाहिने एउटा डटपेन समेत पालिकासँगै माग्नुपर्छ ।

के वास्तविकता यही हो त ? अह पटक्कै होइन । मिलिजुली भगत चल्छ । रु. ९० मा किनेको एक लिटर दूधको समेत ९ हजार सम्मको विल बनाएर पास गर्छन् । त्यस्तैगरी स्टेशनरी सामानको विल पासमा समेत मनपरी आफूखुशी चल्छ । जनताले तिरेको करको पैसामा मनमौजी गर्छन् ।

अन्य यस्ता थुप्रै शीर्षकमा रकम राम्रै झ्वाम पार्छन् । यही नै चलिरहेको छ । सर्प पनि नमरोस् अनि लठ्ठी पनि नभाच्चियोस् यही पाराको काम गराइले स्थानीय निकायमा बर्षनी बेरुजूको चाङ लाग्छ । धेरै भन्दा धेरै बेरुजू देखिनु आफैमा भ्रष्टाचार हो । वडाभित्रको आर्थिक अनियमिततामा प्रायः गरी वडाअध्यक्ष र वडा सचिवको राम्रै मिलेभगत हुन्छ ।

तै चुप मै चुप यही पारा अपनाइन्छ । घोपला गर्ने कुरामा नीतिगत भ्रष्टाचार हुने गरेको पाइन्छ । तर, सामान्य नागरिक आश गरेर वडामा केही माग्न आएमा रोइलो चल्छ र भनिन्छ हामीसँग रु १ हजारको पनि अधिकार छैन । जानुस् पालिका नै त्यही तपाइलाई सहयोग मिल्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]