०१ आश्विन २०८२, बुधबार
17-09-2025 , Wed
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

राम्रो बेलवारी

Logo
प्रकाशित शनिबार, चैत्र ११, २०७९

निरज बस्नेत
बेलवारी, चैत्र ११
कृषि, उद्यम, व्यापार, पर्यटन, र स्वरोजगार, शान्ति, सुशासन, समृद्द नगरी राम्रो बेलवारी बनेको छ । बेलवारी नगरपालिका मोरङको मध्य भागमा अवस्थित रहेको छ ।

डाँगीहाट, बाहुनी समेत बेलवारी नगरपालिकामा नै अटाएका छन् । ऐतिहासिक बेलवारीमा बेलको ठूलो जंगल रहेको हुनाले नै यो ठाउँलाई बेलवारी नाम दिइएको हो ।

बेतना सिमसार बेलवारी घुम्न लायक महत्वपूणर् ठाउँ हो । बेतनामा दिनहुँ घुम्न आउँनेको संख्या उल्लेखनीय रहेको जानकारी बेतना सिमसारका अध्यक्ष डम्वर बस्नेतले गराएँ ।

 

वि. सं. २०७१ सालमा मोरङ जिल्लाका बेलवारी र कसेनी दुइवटा गाविस मिलेर बेलवारी नगरपालिका बनाइयो । पछी वि. सं. २०७३ मा आएर बाहुनी र डाँगीहाटलाई पनि गाभियो ।

यस भेगका पूराना वासिन्दा स्थानीय धिमालहरु नै हुन् । बेलवारीको क्षेत्र १३२.७९ वर्गकिलोमिटर रहेको छ । विराटनगरदेखी बेलवारीको दूरी ५५ किमी बताइन्छ । बेलवारीमा धनपालगढी लोहन्द्रा र दरलोक्ना खोलाको बीचमा पर्दछ । यो गढीको जमिन १८ विगाहा रहेको छ ।

धनपालगढीमा राजा धनपालको मन्दिर छ । यहाँभित्र ७ वटा पोखरी पनि छन् । थारु संस्कृतिसँग जोडिएको यो एउटा ऐतिहासिक धार्मिक स्थल हो । जहाँ घुम्न आउँदा केही जानकारी लिएर जान सकिन्छ ।

बेलवारी १२ मा वुद्दिष्ट गुम्वा छ । यो गुम्वा निकै आकर्षक छ । बजारबाट ४ किमी पूर्वमा यो गुम्वा रहेको छ । एक विगाहा क्षेत्रफलमा फैलिएको छ । यहाँ लामा गुरुले दैनिक पूजा गर्छन् । यहाँपनि घुम्न आउँदा रमाइलो हुन्छ ।

साकेलाथान भुमिपूत्र मूलवासी किँरात समुदायको आस्थाको केन्द्र यही छ । साकेला थान वि. सं. २०४८ मा स्थापना भएको हो । यहाँपनि घुमेर मनलाई आनन्दित पार्न सकिन्छ ।

रमिते भ्युटावर समेत बेलवारीमा छ । यहाँ पिकनि आउनेको राम्रै भीड हेर्न पाइन्छ ।

वडा नं. १० मा रहेको सृजना पार्कमा जोडीहरु आउने गर्दछन् । यहाँ पार्कमा परिवारसहितको जमघट पनि हुने गरेको देखिन्छ ।

बेलवारी राधानगरमा मखन पोखरी छ । १ विगाहा १५ कठ्ठामा फैलिएको यस क्षेत्रमा ब्राह्मण, क्षेत्रीको बढी वसोवास छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]