३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

अलविदा चन्द्र थापा

Logo
प्रकाशित बिहिबार, चैत्र १६, २०७९

निरज बस्नेत
विराटनगर, चैत्र १६
विराटनगरमा रहेर लामो समयदेखी कलाकारिता क्षेत्रमा अतुलनीय योगदान दिदै आएका वरिष्ठ कलाकार चन्द्र थापाको दुःखद निधन बुधवार भएको छ ।

हालमा चाँही थापा परिवारको वसोवास कटहरीमा हो । जमानाका धुरन्धर संगीतकार थापा त्यहीवैले काठमाडौं गएको भए सायद आज प्रतिष्ठित कलाकार बनिसक्ने थिँए । तथापी उनको विराटनगर नछाड्ने अठोट कै कारण हुनसक्छ, आज उनको मृत्युमा विराटनगरनै शोकाकूल भएको छ ।

तत्कालीन विराटनगर उपमहानगरपालिकाका कर्मचारी रहेर काम गरेको मिठो अनुभव थापासँग थिँयो । सौभाग्य चलचित्रमा संगितकारको भूमिकामा अव्वल कहलिएका थापाले अन्य ठूलो तथा सानो पर्दामा राम्रो उच्च कोटीको संगित भरेका छन् ।

थापाको संगतले धेरैले संगितको दुनियाँमा तहल्का मच्चाउँन सफल भएका छन् । थापाको अन्तिम दाहसंस्कार परम्परा अनुसार बुधवारनै सम्पन्न भइसकेको छ । थापाका श्रीमती, ३ छोरा तथा २ छोरी छन् । अलविदा चन्द्र थापा ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]