२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

अलविदा चन्द्र थापा

Logo

निरज बस्नेत
विराटनगर, चैत्र १६
विराटनगरमा रहेर लामो समयदेखी कलाकारिता क्षेत्रमा अतुलनीय योगदान दिदै आएका वरिष्ठ कलाकार चन्द्र थापाको दुःखद निधन बुधवार भएको छ ।

हालमा चाँही थापा परिवारको वसोवास कटहरीमा हो । जमानाका धुरन्धर संगीतकार थापा त्यहीवैले काठमाडौं गएको भए सायद आज प्रतिष्ठित कलाकार बनिसक्ने थिँए । तथापी उनको विराटनगर नछाड्ने अठोट कै कारण हुनसक्छ, आज उनको मृत्युमा विराटनगरनै शोकाकूल भएको छ ।

तत्कालीन विराटनगर उपमहानगरपालिकाका कर्मचारी रहेर काम गरेको मिठो अनुभव थापासँग थिँयो । सौभाग्य चलचित्रमा संगितकारको भूमिकामा अव्वल कहलिएका थापाले अन्य ठूलो तथा सानो पर्दामा राम्रो उच्च कोटीको संगित भरेका छन् ।

थापाको संगतले धेरैले संगितको दुनियाँमा तहल्का मच्चाउँन सफल भएका छन् । थापाको अन्तिम दाहसंस्कार परम्परा अनुसार बुधवारनै सम्पन्न भइसकेको छ । थापाका श्रीमती, ३ छोरा तथा २ छोरी छन् । अलविदा चन्द्र थापा ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]