०३ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

प्रतिबन्धित लागुऔषध सहित पक्राउ

Logo

संखुवासभा र विराटनगर, चैत्र २३
संखुवासभाको खाँदबारी नगरपालिका-२ स्थितबाट प्रतिबन्धित अफिम सहित १ जना पक्राउ परेका छन । मंगलबारअपरान्ह बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खाँदबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासीको क्रममा खाँदबारी-२ का ६७ बर्षीय गोपाल भट्टराईले साथमा बोकेको तथा घरमा लुकाई राखेको २७ ग्राम ६८ मिलिग्राम अफिम बरामद गरेको हो । प्रतिबन्धित अफिम सहित पक्राउ परेका भट्टराईको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
त्यसैगरी,
मोरङ, सुनसरी र इलामबाट प्रतिबन्धित लागुऔषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका  दमक -४ का २७ बर्षीय यम मगरलाई प्रतिबन्धित औषधी ३६ एम्पुल सहित पक्राउ गरेको छ । यसै गरी अस्थायी प्रहरी पोष्ट रेल्वे धरानबाट खटिएको प्रहरी टोलीले धरान-१७ का २४ बर्षीय समिर जोगीले आफ्नै घर भित्र झोलामा लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषधी ट्रामाडोल १ हजार ३ सय ८० क्याप्सुल र स्पास्पेइन १ हजार ८ सय चक्की सहित र अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र-३ का ३२ बर्षीय राज कुमार राईलाई ट्रमाडोल ३ सय क्यापसुल सहित पक्राउ गरेको हो भने  इलामको चुलाचुली गाउँपालिका-४ का २१ बर्षीय मुकेश लिम्बुलाई प्रतिबन्धित लागुऔषधी १ सय ३२ चक्की सहित प्रहरी चौकी पेल्टीमारी इलामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थपअनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]