१८ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विनोद चौधरी जसले एकैवर्षमा ४० अर्व कमाउँछन्

Logo
प्रकाशित मंगलबार, चैत्र २८, २०७९

निरज बस्नेत
विराटनगर, चैत्र २८
नेपाली खरवपति उद्यमी विनोद चौधरीको कमाईको आँकडा हर्ने हो भने लोभलाग्दो छ । अझभन्दा एकैवर्षमा रु ४० अर्व कमाएको डाँटा आएको छ । यो त एकवर्षको भयो ।

सिलसिलावद्दरुपमा हेर्दा प्रति सेकेण्ड उनको कमाई रु १७४७ छ । १ दिनमा १५ करोड ९ लाख ४३ हजार ३ सय ९६ रुपैया कमाइ रहेको देखिन्छ । १ घण्टामा ६२ लाख ८९ हजार ३ सय ८ रुपैया कमाएको जानकारीमा आएको छ ।उद्यमी चौधरी नेपालका एक मात्र विलिनियर हुन् ।

जसको नाम विश्वप्रसिद्द फोब्र्समा समावेश छ ।

चौधरी नेपाली कांग्रेसका निर्वाचित सांसद समेत हुन् । वाईवाई चाउचाउ चौधरीको संसार पिटेको ब्राण्ड हो । यससँगै चौधरीको संसारका केही देशकमा होटल व्यवसाय पनि संचालन भइरहेका छन् ।

होटल व्यवसाय उनका छोराहरुले चलाइरहेका छन् । चाउचाउले चाँही संसार पिटेको जगजाहेर छदैछ । चाउचाउसँगै, होटल अनि विस्कुट, इलेक्ट्रोनिक्स, लगायत अन्य धेरै क्षेत्रमा चौधरीको राम्रै लगानी रहेको छ ।

चौधरीको राजनीति गर्ने स्वदेश तथा विदेशका धेरै राजनीतिकर्मीहरुसँग राम्रै सम्पर्क स्थापित रहँदै आएको छ । वेलावेलामा चौधरीका विवादीत फण्डा समेत चर्चामा आइनैरहन्छन् ।

कांग्रेससँग नजिक अझभन्दा अहिले त निर्वाचित सांसद भइहाले । अन्य पार्टीका नेतासँगको यिनको उठवसले समेत यिनले विवादमा आएका मामला क्षणभरमै गुपचुप पारिहाल्ने समेत ल्याकत राख्ने गरेका छन् । फलतः आज संसार पिट्ने उद्यमी जो बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]