०२ आश्विन २०८२, बिहिबार
18-09-2025 , Thu
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

विराटनगरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बनाउने मुख्यमन्त्रीकाे बाचा

तिन वर्ष भित्र संचालनमा ल्याउन मुख्यमन्त्रीले कसरत गर्ने
Logo
संवाददाता जनचर्चा प्रकाशित बिहिबार, बैशाख २८, २०८०

विराटनगर

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो तीन वर्ष भित्र विराटनगरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बनाउने उद्घोष गरेका छन् ।

बुधबार राती नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले तीन वर्ष भित्रमा विराटनगर १९ मा रहेको बैजनाथपुर खेल मैदानमा अन्र्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने बताएका हुन् ।  साे पुर्वाधार निर्माणकाे लागी नीजि क्षेत्र, स्थानीय सरकार र केन्द्रीय सरकारले समन्वयनकारी भुमिका खेल्नु पर्ने उनले जिकिर गरे ।

नेपाली क्रिकेट टोली एशिया कपमा छनोट भएको उपलक्ष्यमा विराटनगरका उद्याेगी व्यापारीले  बुधबार आयाेजना गरेकाे सम्मान कार्यक्रममा  खेलाडीहरुलाई बधाई दिदै मुख्यमन्त्री कार्किले विराटनगरमा क्रिकेट स्टेडियम बनाउने बाचा गरेका हुन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]