०९ जेठ २०८३, शनिबार
23-05-2026 , Sat
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

महिला सेल्फ डिफेन्स तालिम सम्पन्न

Logo
निरज बस्नेत

विराटनगर, असार २३
महिलाहरुको आत्मरक्षाका लागि विराटनगरमा दुई दिने महिला सेल्फ डिफेन्स तालिम शनिबार सम्पन्न भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको दुई दिने महिला सेल्फ डिफेन्स तालिम शुक्रबार र शनिबार विराटनगरमा भएको थियो । पछिल्लो समय महिलाहरु असुरक्षित बन्दै गएको र उनीहरुको आत्मबल बढाउने उद्देश्य तालिमको आयोजना गरिएको बताइएको छ ।

महिलाहरु घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमबाट हुने हिंसाको पहिचान, कसरी आफूलाई बचाउ गर्नेबारेमा प्रशिक्षण दिइएको थियो । आफू हिंसामा परे कसरी आफूलाई आत्मरक्षा गराउने विषयमा प्रशिक्षण दिँदै प्रयोगात्म अभ्याससमेत गराइएको थियो ।

आत्मरक्षा तालिममा सुनसरी र मोरङका निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । कक्षा ९ र १० मा अध्ययनरत १ सय ५० भन्दा बढी छात्राहरुले भाग लिएका थिए । काठमाडौं र प्रदेशका ५ जना प्रशिक्षकहरुले उनीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि एनआरएनकी पूर्व अध्यक्ष रोजिना प्रधान राई, प्रदेश खेलकुद बोर्डकी उपाध्यक्ष जीना कार्की, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य विनोद डाँगीलगायतले प्रशिक्षणका सहभागीहरुलाई शुभकामना दिँदै तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागू गर्दै साथीलाई समेत सिकेका कुरा बुझाउन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जेठ ५, विराटनगर — कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार यस वर्षको नीति तथा कार्यक्रममा केही प्रमुख योजनाहरू समावेश छन्: मुख्य कार्यक्रमहरू: प्रदेशका दुई स्थानमा सरकारी लागुऔषध सुधार केन्द्र स्थापना गरिने। यसका लागि कोभिड–१९ का बेलाका […]

५ जेठ, काठमाडौं । बालेन शाहले म‌ंगलबार मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । उक्त बैठक अपरान्ह ४ बजेलाई बाेलाईएकाे छ । साे बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]