१७ साउन २०८३, आइतबार
02-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगर केएफसीमा ग्राहकको घुईचों

२९९ मैं कंबो अफर
Logo
निरज बस्नेत

निरज बस्नेत, कार्तिक ४
कार्तिक १ गतेबाट खुलेको केएफसी विराटनगरमा ग्राहकको अस्वभाविक भिड बढेको छ । यसअघि अन्य सहर जादा मात्र पाई र खाईरहेको केएफसीका परिकार आफ्नै सहर आईपुग्दा विराटनगरवासी निकैनै उत्साहित बनेका छन् । केएफसीको स्वाद पहिलो चोटी चाख्न आउने ग्राहकको स‌ंख्या पनि विराटनगर केएफसीमा थुप्रैनै देखिएको छ । यहाँ क्रिस्पी चिकन, चिकन पपर्कन, चिकन स्ट्रिप्स र जिङ्गर वर्गर लगाएत केएफसीका सबै परिकार उपलब्ध गराईएको छ ।
पिंजा–हट र क्रिम–बेल पनि खुल्याे 
दिव्यानी ईन्टरनेश्नल नेपाल प्रालिले नेपालमा आफ्नो १७ औं शाखाको रुपमा विराटनगरमा कार्तिक १ बाट केएफसीको शुरुवात गरेको हो । यसले केएफसीसँगै पिंजाहट र क्रिम बेल जस्ता विश्वप्रख्यात ब्राण्डको आउटलेटपनि सोहि दिनबाट शुभारम्भ गरेको छ । पिंजाहटको यो नेपालमा पाँचौं र कोशी प्रदेशको एक मात्र आउटलेट हो । दिव्यानीले ल्याएको क्रिमबेल एउटा प्रख्यता आईसक्रिम ब्राण्ड हो । यसले विभिन्न प्रकारको आईसक्रिमहरु गुणस्तरीय मापदण्डका साथ बनाउने गर्दछ । कम्पनीका व्यवस्थापक विजय शर्माले गुणस्तरकाे र स्वादकाे मामिलामा कहिले पनि सम्झाैता नगर्ने दिव्यानीकाेतर्फबाट प्रतिबद्धता व्यक्त गरेका छन् ।

कहाँ र कति बजेसम्म ?

विराटनगरको हाईवे शिवमन्दिर नजिक रहेको निर्माणाधिन सेन्चुरीयन मलको भुईतल्लामा केएफसी, पिंजा हट र क्रिम बेलको आउटलेट रहेको छ ।  सो आउटलेटहरु बिहान १० बजेदेखि बेलुकी १० बजेसम्म खुल्ने दिव्यानी नेपालकी बजार व्यवस्थापक निती बस्नेतले जानकारी दिइन् । साथै यसको होमडेलिभरी पार्टनर भोजडिल्स रहेको समेत बस्नेतले जानकारी गराइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]