१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

भीम पराजुली यसकारण आक्रोशित भए …

विराटनगरमा चिया–खाजा गफ गर्दे पराजुलीले हिमालय रोड भत्काउने तयारीप्रति आपत्ति जनाएका छन् ।
Logo
निरज बस्नेत

विराटनगर, पुष १२
विराटनगर महानगरपालिकाका पुर्व मेयर तथा कोशी प्रदेश सांसद भीम पराजुली यतिवेला हिमालय रोडको बाटो भत्काउने भएको कारण आक्रोशित भएका छन् ।

विहीवार विराटनगरमा चिया–खाजा गफ गर्दे पराजुलीले हिमालय रोड भत्काउने तयारीप्रति आपत्ति जनाएका छन् । उनले भनेका छन् , महानगरपालिकाले पूर्वाग्रहपूर्ण ढंगले काम गरेको छ ।

वर्तमान नेतृत्वले केही मुठ्ठीभरको मान्छेलाई उतारेर तमासा देखाएको आरोप लगाएका छन् । हिमालय रोडमा १ करोड ६३ हजार रुपैंया लगानी भइसकेको पराजुलीको दावी रहेको छ ।

अहिले केही व्यक्ति उचालेर नियोजित पाराले आन्दोलन गरिनु दुःखद हो । भत्काउनुको सट्टा बरु यसको सौन्दर्यकीरणमा ध्यानमा दिनु महानगरपालिकाको बुद्दिमता हुने पराजुलीको भनाइ रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]