०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

गोयलद्वारा झापाका विद्यार्थीलाई सहयाेग : २ सय जनालाई न्यानाे कपडा, १५ जनालाई छात्रवृत्ति

Logo
खेम पाैडेल

विर्तामाेड,पुष २१ । विराटनगर निवासी समाजसेवी दिनबन्धु गोयलले शनिबार झापाको भद्रपुर नगरपालिका–५ स्थित गौतमबुद्ध आधारभुत विद्यालयका २ सय भन्दा बढि विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । न्यानाे कपडासँगै उनले १५ जना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरेका छन् । विद्यालयको ६०औं वार्षिकोत्सवको अवसरमा अफ्ना दाजु स्व.ओमप्रकाश गोयललाई सम्झदै उनले झापाका विद्यार्थीलाई सहयाेग गरेकाे हुन् । 

कार्यक्रममा समाजसेवी दिनबन्धुसहित प्रमुख अतिथि भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आरती पन्त, विद्यालयका प्रधानाध्यापक शोभा गुरुङ लगाएत विद्यालयका शिक्षकहरुले विद्यार्थीलाई जाडोको न्यानो कपडा र छात्रवृत्ति वितरण गरेका थिए । दाजु स्व.ओमप्रकाश गोयलको स्मृतिमा उनले हरेक वर्ष यसैगरि विद्यार्थीहरुलाई सहयाेग गर्ने गरेका छन् । 

समाजसेवी गाेयलकाे नेपालका धेरै उद्याेगधन्दाहरुमा लगानी समेत छ। उनकाे ति कम्पनीहरुमा ठुलाे सेयर हिस्सा रहेपनि आफु कार्यकारी पदमा कहिले बस्ने गरेका छैनन् । उनीले आफ्ना कम्पनीहरुबाट आउने मुनाफाहरु प्रायजसाे दानधर्म गरेरै सदुपयाेग गर्ने गरेका छन् । आफुले गरेकाे दानधर्मकाे प्रचारप्रसार गर्न गाेयल खासै रुचाउदैनन् । तर साेसल मिडिया तथा संचारमाध्यमहरुबाट आफुले गरेकाे काम अरुले देखेपछि समाजसेवा गर्ने प्रेरणा सवैलाई विकास हुने गाेयलकाे विश्वास छ । गाेयलले ‌‌‍‍‍औपचारिक रुपमा मात्र नभई अनाैपचारीक रुपमा पनि गरिब दुखीलाई दिनैजसाे सहयाेग गरिरहेका हुन्छन् । मर्दा–पर्दा, विवाह, विरामी, क्रिया अदिमा लग्ने खर्च उनले गरिबका लागी सधैनै उठाईदिने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]