११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

डाक्टर र इञ्जिनियर पढ्ने सपना पैसा अभावमा अब अधुराे रहँदैन : मुख्यमन्त्री कार्की

Logo
संवाददाता जनचर्चा

विराटनगर,माघ १। काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजका सदस्यहरूले लाेभ त्याग गरेपछि मात्रै असल समाजकाे निर्माण हुने बताएका छन् ।

हलुवाइ साह समुदायकाे कूल देउता बाबा कंगाली शिबदत्त देवकाे पूजनाेत्समा बर्जु गाउँपालिका-२ बेलगछियामा साेमबार मुख्यमन्त्री कार्कीले लाेभले नभई निःस्वार्थ मनले असल समाज बन्ने गरेकाे बताएका हुन् । ´समाजमा अहिले स्वार्थमा लिप्त भएका व्यक्तिहरूकाे कारण समाज पछि परेकाे छ,` उनले भने, ´अहिलेसम्म हुँदै आएकाे भाैतिक विकासले परम्परागत समाज परिवर्तन नभएकाले चालू आर्थिक वर्षकाे बजेटबाट मानवीय विकास सुरू गरेका छाैं ।`

प्रदेश सरकारले प्रत्येक पालिकामा गरीव र विपन्न परिवारका १/१ जना विद्यार्थीलाई छाेराछाेरी पशु र कृषि प्राविधिक निःशुल्क पढाउन सूरू गरिसकेकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् । ´गरीव परिवारका जेहेन्दार विद्यार्थीकाे चिकित्सा शिक्षा र इञ्जिनियर पढ्ने सपना पैसा अभावमा अब अधुराे रहँदैन,` उनले भने, ´त्यसकाे लागि प्रदेश सरकारले छात्रवृतिकाे व्यवस्था गरेकाे छ । चालू आर्थिक वर्षबाट नै छात्रवृतिमा एमबीबीएस र इञ्जिनियर पढाउन सुरू गरिरहेकाे छ ।`

प्रदेशभरिका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गराउन प्रदेशमा २५ लाखभन्दा कमकाे याेजना कटाैति गरेकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् । ´गाउँकाे मन्दिर छाेडेर पाथिभारा, बराह क्षेत्र र हलेसीमा भाकल गर्ने चलन बढेकाे छ,` उनले भने, ´त्यसैले गाउँमा वडाध्यक्ष र पालिका प्रमुखले छान्ने याेजना कटाैति गरेर पाथिभारा, हलेसी र बराह क्षेत्रमा बजेट राखेका छाैं । बर्जुलाई सहर बनाउन केसलीया काेरिडाेर निर्माण सुरू गर्न लागेकाे छु ।` बर्जु तालकाे पानी देखाएर हाेइन त्यसलाई पर्यटकीय गन्तव्य बनाउने याेजना ल्याउन लागेकाे उनकाे भनाइ थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]