३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

विराटनगरमा खुल्यो सबै जातिको पोषाक एकै छतमुनि पाईने पहिलो स्टोर

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, फाल्गुण २४, २०८०

विराटनगर, फागुन २४ । विराटनगरमा सबै जातजातिको पहिरनहरु एकै छानामुनि पाइने पहिलो स्टोरको खुलेको छ । महिविर रोडको मुखैमा खुलेको न्यू राष्ट्रिय पोषाक घरले नेपालको विभिन्न जातिय पहिरनको बिक्रि शुरु गरेको हो ।

बिहिबार न्यू राष्ट्रिय पोषाक घरको ग्राण्ड ओपोनिङ समेत भएको छ । आपेनिङको साताभरि स्टोरले ग्राहकलाई १५ प्रतिशत छुटदिने योजना समेत ल्याएको छ । सो स्टोरमा मगर, गुरुङ, सेर्पा, तामाङ, राई, लिम्बु लगाएत विभिन्न जातजातिले लगाउने पोशाक राखिएको छ । स्टोरले रेडिमेड पोषाक राख्नुको साथै, ग्राहकको नाप अनुसार पनि जातिय पोशाक बनाईदिने गरेको छ ।

विराटनगरमा विभिन्न जातजातिका पोशाक पाइने भरपर्दो स्टोरको खाँचोलाई मध्यनजर गर्दै न्यू राष्ट्रिय पोषाक घरका खोलिएको संचालक मास्टर अलाहुदिन अन्सारी बताउँछन् । “जातिय पोशाक पाउने स्टोर विराटनगरमा एकदमै न्युन छन् त्यसमाथि एकै ठाँउमा सबै जातजातिको पोशाक पाईने यो नै पाहिलो स्टर हो” मास्टर अन्सारी भन्छन् “जातिय पोशाक बनाउने बेच्ने फाटफुट पसलहरु त छन् तर कुन जातिको पोशाक कुन पसलमा पाईन्छ र त्यो पसल कँहा छ प्रायलाई थाहा हुदैन । सोही कारण सबै जातिको पोशाक एकै पसलमा पाईने गरि हामीले महाबिर रोडमा न्यू राष्ट्रिय पोशाक घर खोलेका हौं ।”
मास्टर अलाहुदिन अन्सारीले विगतको तिन दशक देखि विराटनगरको बाटारोडमा न्यू समिर टेलिरिङ समेत चलाउँदै आएका छन् । र विगतको दुई वर्षयता बाटारोडमै राष्ट्रिय दाउरा शुरुवाल नामक सर्टिङ–सुटिङ लगाएत वैवाहिक पहिरनको कपडा तथा पोशाक बनाउने–बच्ने स्टोर पनि संचालन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]