१६ कार्तिक २०८२, शनिबार
01-11-2025 , Sat
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

छात्रा कुट्ने विराटनगरकाे मुनलाईट होस्टलकी सञ्चालीका पक्राउ

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, चैत्र ०१, २०८०

विराटनगर, चैत १। विराटनगर मधुमाराकाे मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई बुधबार  प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । साेही हास्टेलमा बस्दै आएकाे नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत छात्रामाथि दुव्यवहार गरेको आरोपमा मंगलबार साँझ रेग्मी पक्राउ परेकी हुन् ।

रेग्मीले छात्रालाई दुर्व्यवहार गरेकाे भिडियाे अहिले सामाजिक संजालमा भाईरल छ ।  हास्टेलका छात्राहरुले तिन महिनाको अग्रिम रकम दिन नमानेपछि रेग्मीले विद्यार्थीहरुलाई डरधम्की दिँदै हातपात गरेकाे भिडियाेमा प्रष्ट देखिन्छ।  पिडित छात्राहरु विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कन्चनपुर घर भएका विद्यार्थी हुन् । कलेजकै होस्टेलमा बस्नेहरुकाे लिस्टमा नाम परेपछि यी छात्राहरु हाल बस्दै आएका हाेस्टेल छाेड्ने तरखरमा थिए। त्यो कुरा थाहा पाएकी रेग्मीले चैतको पैसा पनि दिनुपर्ने दवाव दिईरहेकी थिइन् । आफुहरु चैतमा हाेस्टेल नबस्ने भन्दै विद्यार्थीले पैशा दिन नमाने पछी रेग्मीले छात्राहरुलाई हातपात गरेकी हुन् ।

हातापात भएकाे थाहपाएपछि मंगलबार रातिनै कलेज प्रशासनले विद्यार्थीकाे उद्धार गरी कलेजकाे हाेस्टेमा सारेकाे थियाे  । लगतै बुधबार पीडित छात्राले उजुरी दिएपछि रेग्मी पक्राउ परेकी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]