२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराटनगरमा शुक्रवार “हिलटन रेष्ट्राे” शुभारम्भ

शुभारम्भमा १० प्रतिशत छुटको व्यवस्था
Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, चैत्र १३, २०८०

विराटनगर, चैत १३ । विराटनगर ३ दुध फारम नजिक हाइवेमा रहेकाे हिलटन रेष्ट्राेको शुभारम्भ आउँदो शुक्रवार हुने भएको छ । सो कुराको जानकारी संचालक चमेशराज ढकालले दिएका छन् । हाललाई कुनै तामझाम विना सामान्य तरिकाले सफ्ट ओपेनिङ गर्न लागिएकाे संचालक ढकालले जानकारी दिएका छन् ।

संचालक ढकालका अनुसार  दुबईमा लामाे समय काम गरेर फर्किएका सेफ र लण्डनकाे हाेटल रेष्टुरेण्टका अनुभवी व्यवस्थापनले याे हिल्टन रेष्ट्राेलाई चलाउने छन् ।  यहाँ कन्टिनेन्टल, चाईनिज, इण्डियनका साथै स्थानीय परिकारहरु उपलब्ध हुने बताईएकाे छ ।  मटन र चिकेनमा पक्कु , सेकुवा, बाेयल लगायतका परिकारहरु हिलटनमा राखिने भएकाे छ । र भारतीय परिकारहरु बनाउनकाे लागी अनुभवी कुक समेत राखिएकाे रेष्ट्राे व्यवस्थापनले जानकारी दिएकाे छ ।  साथै हिलटनमा भेजिटेरियनहरुलाई लक्षित गरी अलग्गै किचेनकाे व्यवस्था समेत गरीएकाे छ ।

अरुभन्दा फरक, स्वादिष्ट, आधिकारीक खाना र अर्गानिकतानै हिलटनको प्रमुख विशेषता रहने कुरा पनि संचालक ढकालको दावी छ । दावीमा खरो उत्रिने ढकाल बताउँछन् । ढकाल भन्छन्  ” यस रेष्ट्राेमा आउने , मज्जाले खाने अनि अगाएर जाने , यहीनै हिलटनको विशेषता रहनेछ ।” खसीको विविध परिकारका अलावा अन्य खानाका धेरै परिकारहरु यहाँ उपलब्ध हुने कुरा पनि ढकालले जानकारी दिएका छन् ।

संचालक ढकाल कुनै समयताका लण्डन पढ्न भनी गएको कुरा स्मरण गर्दै भन्छन्  “३ बर्ष पढाइको सिलसिलामा म लण्डनमा रहे । त्यहाँ रहँदा , होटलमै काम गरे । होटलको पनि किचेन क्षेत्रनै सम्हाले । यहीँ क्षेत्रतिर बढी लगाव भएका कारण समेत आफुले आफ्नै माटोमा केही गर्नुपर्छ भनेर होटल व्यवसायनै शुरु गर्न लागेको हुँ ।”

रु १० करोड (घडेरी–कन्स्ट्रक्सन समेत) आसपास लगानी रहेको यस रेष्ट्राे साच्चैनै शानदार राम्रो , पूर्ण त पारिवारिक बनेको छ । यँहा विषेशगरी परिवारहरुकाे लागी छुटै एसी जडित रेस्टुरेण्ट समेत बनाईएकाे छ ।  साथीभाई र इस्टमित्र सँग जमघट गर्नकाे लागी पनि हिलटनमा ओपन रेस्टुरेण्ट समेत निर्माण गरिएकाे छ ।  होटलमा शुरुवात चरणमा १५ जना स्टाफ राखिएको छ । आउँदो शुक्रवार शुभारम्भका दिन प्रत्येक आइटममा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]