०७ भाद्र २०८३, आइतबार
23-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराट गोल्डकपकाे क्वाटर फाइनलमा भुटानको आरटिएफसी क्लब

Logo
जनचर्चा संवाददाता

विराटनगर,१५ चैत । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) ले विभागीय टिम नेपाल पुलिस क्बललाई हराउँदै विराटनगरमा बिहीबारदेखि सुरु भएको आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट भएको रात्रीकालिन गोल्डकपको उद्घाटन खेलमा नेपाल पुलिसलाई ३–० गोलले हराउँदै आरटिएफसीले अन्तिम आठको स्थान सुरक्षीत गरेको हो ।

जितको लागि आरटिएफसीका किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धर्थ गुरूङले समान १–१ गोल गरे ।
पहिलो हाफको ३६ औ मिनेटमा केल्जाङ जिग्मेंले गरेको कर्नर प्रहार किन्ले टच गर्दामा गोलमा परिणत भयो । आरटिएफसीले अग्रता लिएको चार मिनेट बित्न नपाउँदै पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै किन्लेले ५० औं मिनेटमा मध्यभागबाट निकालिदिएको पास किन्जाङले आकर्षक गोल गरी अग्रता दोब्बर बनाए । ६३ औं मिनेटमा सिद्धार्थ गुरुङले मैदानको मध्यभागबाट पुलिसका खेलाडीलाई छक्याउँदै डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत गर्दै टिमको जित सुनिश्चित गरे ।
पहिलो हाफमा दुई गोल खाएपछि दवाबमा परेको पुलिसले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । पुलिसका खेलाडीले थुप्रै गोल गर्ने सुन्दर अवसर चुकाउँदा तीन पटकको विराट गोल्डकपको च्याम्पियन टिम पहिलो खेलबाट बाहिरन बाध्य भयो ।
खेलको ७ औँ मिनटेमा पुलिसका सन्जिव लामाको फ्रि किक प्रहार बाहिरयो । १७ औ मिनेटमा उज्जल राईको डिबक्स भित्रबाट सेकेण्ड बार च्यापेर गरेको प्रहार बारमा लागेर फर्कियो । ३१ औं मिनेटमा पुलिसका प्रविण थापाले डिबक्स भित्रबाट गरेको कडा प्रहार बाहिरियो । ३७ औं मिनेटमा पुलिसको सिसिर चौधरीले गरेको हेडिङ प्रहार फ्रेममा पर्न सकेन ।
५० औं मिनेटमा भुटनाका किन्ले गेतसनको प्रहार पोस्ट माथिबाट गयो । ७० औं मिनेटमा पुलिसको अनुराग लामिछानेको कडा प्रहार बारमाथिबाट जाँदा पुलिसले सान्तवना गोल समेत फर्काउन सकेन् ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले नयाँ खेलाडीहरु भएकोले नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए । ‘केटाहरुले राम्रै प्रर्दशन गरेका थिए । तर, पनि नतिजा आफ्नो पक्षमा आउन सकेन् । त्यसमा माथि दुःखी छैनौं ।’ ए डिभिजन लिगको लागि नयाँ खेलाडीहरु तयारी रहेको उनले बताए । त्यसपछि सिमरा गोल्डकप र कपिलबस्तुको गोल्डपको तयारीमा लाग्ने उनले बताए ।

यता जितपछि भुटानका प्रशिक्षक उगेन दोर्जेलेले खेलाडीले राम्रो प्रर्दशन गरेको कारणले जित हासिल गरेको बताए । ‘पहिलो हाफमा दुई गोल गरेपछि दबाव कायम गर्न सफल भयौ,’ उनले भने, ‘दोस्रो हाफमा पनि खेलाडीहरुले राम्रो प्रर्दशन गरेपछि नतिजा आफ्नो अपक्षमा आएको छ ।’

खेलको प्लेयर अफ द म्याच भुटानका किन्जाङ तेन्जिङ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । शुक्रबारको खेल त्रिभूवन आर्मी फुटबल क्लब र न्यूरोड टिम एनआरटी काठमाण्डौंबीच हुनेछ ।
चैत २५ गतेसम्म संचालन हुने प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको छ ।
गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ४ लाख ४० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने आयोजकले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]