२० साउन २०८३, बुधबार
05-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरका पुर्ण बोहोरा अधिवक्ताकाे परीक्षामा कोशी प्रथम

Logo
जनचर्चा संवाददाता

काठमाडाैं, चैत १८ । अधिवक्ता तहको ३१ औं परीक्षामा विराटनगरका पुर्ण बोहोरा कोशी प्रथम भएका छन् । नेपाल बार परिषद्ले गत पुषमा लिएको परिक्षामा बोहराले कोशीमा प्रथम र नेपालभरिमा छैठौं स्थान हासिल गर्न सफल भएका हुन् । प्रकाशित नितिजाका अनुसार उत्कृष्ट दशमा बोहोरा बाहेक अन्य सबै परीक्षार्थी बागमती प्रदेशबाट छन् ।

अधिवक्ताको परीक्षामा विराटनगरबाट उत्कृष्ट दशभित्र पर्ने सम्भवत बोहोरा पहिलो परीक्षार्थी भएको अधिवक्ता सुजन दाहल बताँउछन् । “यसभन्दा अघि विराटनगरबाट कसैले पनि टपटेनमा दावी गर्नुभएको छैन।” दाहाल भन्छन् “सम्भवतः वहाँनै विराटनगरबाट अधिवक्ताको परीक्षामा उत्कृष्ट दश भित्र पर्ने पहिलो परीक्षार्थी हो।” सो परिक्षामा बोहोराले कुल ७५।७६ प्रतिशत प्राप्त गरेका छन् ।

बोहाेराले पुर्वाञ्चल विश्वविद्यालय सम्बन्धन प्राप्त विराटनगरको ब्राईट भिजन कलेजबाट कानुनमा स्नातक गरेका छन् । उनी हाल विराटनगरको हिमाल ल च्याम्बरमा वरिष्ठ अधिवक्ता भारत बहादुर थापासँग कानुन व्यवसाय अभियास गरिहेका छन् । पुर्ण बोहाेरा बुवा चन्द्र बहादुर बोहोरा र आमा कमला बोहराको कान्छो छाेरा हुन् । मोरङको उर्लाबारीमा पुर्खेली घर भएका बोहोरा परिवार अहिले स्थायी रुपमा विराटनगरमा बस्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]