०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

लायन्स क्लब अफ विराटनगरद्वारा साप्ताहिक “मोहल्ला क्लिनिक” शुभारम्भ

Logo
जनचर्चा संवाददाता

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच तथा स्वास्थ्य सचेतना सेवा प्रदान गरिनेछ।

विराटनगर–६ स्थित मदरसा शाहबाजिया, सरोचियामा हरेक बिहीबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने यो कार्यक्रम लायन्स वर्ष २०२६/२७ (जुलाई २०२६ देखि जुन २०२७ सम्म) नियमित रूपमा जारी रहनेछ।  शुभारम्भमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कल्पना कुमारी यादवले  प्रसूति तथा स्त्रीरोगसम्बन्धी विविध जाँच तथा सेवा उपलब्ध गराउनुभएकाे थियाे। साे क्लिनिकमार्फत निःशुल्क चिकित्सक परामर्श, रक्तचाप जाँच, रगतमा चिनी जाँच लगायत स्वास्थ्य परामर्श तथा सचेतनामूलक सेवा उपलब्ध गराइने बताईएकाे छ।

शुभारम्भ कार्यक्रममा लायन्स क्लब अफ विराटनगरका अध्यक्ष लायन चन्द इराकीले समुदायका सबै नागरिकलाई यस सेवाको लाभ लिन हार्दिक अनुरोध गर्नुभयाे । वहाँले भन्नुभयो, “लायन्स क्लब अफ विराटनगरले समुदायमै पुगेर नियमित स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ‘लायन्स मोहल्ला क्लिनिक’ सुरु गरेको हो। यो एकदिने कार्यक्रम होइन, लायन्स वर्षभर हरेक बिहीबार सञ्चालन हुनेछ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]