०७ भाद्र २०८३, आइतबार
23-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

डा. खड्का सम्मानित

Logo
जनचर्चा संवाददाता

विराटनगर, चैत २६ । मोरङ उद्योग व्यापार संघले आफ्नाे ६७औं वार्षिक साधारण सभामा वरिष्ठ फिजिसियन डा. राेशन खड्कालाई सम्मान गरेको छ । चिकित्सा क्षेत्रकाे माध्यमबाट नागरिकलाई प्रदान गरेकाे सेवाकाे उच्च मुल्याङ्कन गर्दै डा खड्कालाई संघले सम्मान गरेको हाे ।

साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि नेपाली कांगेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले डा.खड्कालाई सम्मान पत्र प्रदान गरेका थिए । काेरानाकाल खण्डमा निर्भिक ढंगले नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराई डा.खड्काले चर्चा बटुलेका थिए । उनले चिकित्सा पेशालाई व्यवसायीभन्दा सेवाभाव संझी  विरामीहरुलाई सरल तथा सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्। उनी हाल विराटनगरकाे काेशी अचंल अस्पताल र माेरङ्ग सहकारी अस्पतालमा कार्यरत्त छन् । 

डा. खड्का बाहेक संघको साधारण सभामा समाजसेवी दिनबन्धु गाेयल, समाजसेवी भगवानलाल साह, डा. प्रदिप गुप्ता, चर्चित राष्ट्रिय गायक सुमित खड्का र प्राध्यापक डिएन चौधरी पनि सम्मानित भएका छन्  । साे सभाले मोरङ व्यापार संघको नाम परिवर्तन गरेर “मोरङ उद्योग व्यापार संघ” नामाकरण समेत गरेकाे छ । कांग्रेसका वरिष्ठ नेता डा. कोइरालाले मोरङ उद्योग व्यापार संघ नामाकरण बोर्डको अनावरण गरेका थिए ।

साधारण सभामा कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सार्क चेम्बर अर्फ कमर्शका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल उद्योग परिसंघका केन्द्रिय अध्यक्ष भीम घिमिरे, परिसंघका कोशी प्रदेश अध्यक्ष डा. पवनकुमार सारडा, उद्योग संगठन मोरङ अध्यक्ष राकेश सुराना र विराट व्यापार संघका अध्यक्ष अन्शु वंजारा लगाएतकाे उपस्थिती रहेकाे थियाे । 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]