१२ भाद्र २०८३, शुक्रबार
28-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कञ्चनबारी महाेत्सवमा शनिबार प्रिति पासवान आउने

Logo
जनचर्चा संवाददाता

विराटनगर, वैशाख १ । विराटनगरकाे कञ्चनबारीमा भईरहेकाे व्यापार मेला महोत्सवमा शनिबार कलाकार प्रिति पासवानले प्रस्तुती दिने भएकी छिन् । कलाकार पासवान टिकटक लगाएत समाजिक संजालमा भईरल छिन् । यस अघि गायक महेश काफ्ले, सुमित खड्का, अन्जु गाैतम, तृष्णा गुरुङ लगाएतले यस मेलामा प्रस्तुती दिईसेकका छन् ।

‘स्वरोजगार, आत्मनिर्भरता -हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ विराटनगरकाे आयलनिगम कञ्चनबारीमा औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी जारी छ । विराटनगर स्थित आयलनिगम छेउको राजबंशी मैदानमा भएको मेला चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन हुदैछ । मेलाकाे आयाेजना साझा प्रयास नेपालले गरिरहेको छ । मेलामा ८० व्यापरिक स्टल छन्  । र दैनिक सांस्कृतिक एवं मनाेरञ्नात्मक प्रस्तुतीहरु पनि हुने गरेका छन् । मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत राखिएको छ ।

संस्थाकी अध्यक्ष आशा खड्काले मेला आयोजनाले आर्थिक गतिविधि र व्यवसायलाई चलायमान बनाउने आशा ब्यक्त गरिन । महिलाहरुमात्र सामेल भएर गरिएको प्रदर्शनी स्थललाई फरक शैलीबाट नयाँपन दिन लागिएको दावी खड्काले गरिन् । मेलामा ३ लाख बढीले अवलोकन गर्ने र झण्डै ६० लाख बढीको आर्थिक कारोवार हुने अपेक्षा आयोजकले गरेको छ । योग्य र उचित स्थानमा मेला आयोजना भएकोले भव्यरुपमा सम्पन्न हुने आशा आयोजकको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]