०६ कार्तिक २०८२, बुधबार
22-10-2025 , Wed
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

मोरङमा चल्याे गोली, लागु-औषध कारोबारी पक्राउ

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, जेठ ०२, २०८१

रंगेली, जेठ २ । मोरङको रतुवामाई नगरपालिका -६ कादुपाडामा प्रहरीले लागु औषधी  कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ गर्न खोज्दा प्रहरीले दुई राउन्ड गोली समेत चलाएको छ । एक भारतीय नागरिकलाई दाईने खुट्टामा दुई गोली लागेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने भारत किशनगंज धावा टोल घर भएका ३४ वर्षीय भागिरथ हरिजन घाइते भएका छन् । उनको खुट्टाको हड्डि भाचिएर उपचार भईरहेको प्रहरीले जनाएको छ । भारतीय नागरिक हरिजनलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको र हरिजनको अहिले उर्लाबारी स्थित अरनीको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भारतीय स्रोतका अनुसार भारतको किशनगंज घर भनेता पनि निजको घर अन्यत्र भएको हुन सक्ने र निजको आधारकार्ड समेत डुव्लिकेट भएको हुन सक्ने समाचार स्रोतले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]