१६ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मानवसेवा आश्रमलाई दाताहरुको सहयोग

Logo
जनचर्चा संवाददाता

विराटनगर,७ जेठ । विराटनगरमा रहेको मानव सेवा आश्रमलाई विभिन्न दाताहरुले भवन निर्माण तथा आवासीय सेवाका लागि आर्थिक सहयोग गरेका छन् ।

आश्रममा आयोजित एक कार्यक्रमका बीच दाताहरुले सहयोग गरेका हुन् । विराटनगरका समाजसेवी चिरन्जीवी दाहालले ५ लाख ११ हजार १ सय ११ रुपैयाको चेक प्रदान गरेका छन् ।

यस्तै ट्रान्स नेपालका तर्फवाट मुकेश राठीले ५ लाख ११ हजार १ सय ११ ,जितेन्द्र कुमार राठी तथा राठी परिवारले सम्युक्तरुपमा ५ लाख ११ हजार १ सय ११ रुपैया प्रदान गरेको छ ।

यस्तै समाजसेवी नितम चौहानले ५ लाख ११ हजार १ सय ११ रुपैया संस्थालाई प्रदान गरेको संस्थाका संरक्षक लिला ढुङ्गेलले जानकारी दिए ।

कार्यक्रममा मानसेवा आश्रमका संरक्षक तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली,मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई,संरक्षकहरु राजन खत्री, सुशिला भट्टराई,प्रविण खड्का,आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिम्सिना, आश्रमका नवराज केसी ,सामाजिक अभियन्ता गिरिजा सारडा,सरक्षक पुनम दाहाल लगायतले आश्रमलाई व्यवस्थित बनाउन सवैको सहयोग आवस्यक रहने भन्दै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

आश्रममा सडक मानव तथा असायहरुलाई संरक्षण गरिदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]