२० बैशाख २०८३, आइतबार
03-05-2026 , Sun
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

मानवसेवा आश्रमलाई दाताहरुको सहयोग

Logo
जनचर्चा संवाददाता

विराटनगर,७ जेठ । विराटनगरमा रहेको मानव सेवा आश्रमलाई विभिन्न दाताहरुले भवन निर्माण तथा आवासीय सेवाका लागि आर्थिक सहयोग गरेका छन् ।

आश्रममा आयोजित एक कार्यक्रमका बीच दाताहरुले सहयोग गरेका हुन् । विराटनगरका समाजसेवी चिरन्जीवी दाहालले ५ लाख ११ हजार १ सय ११ रुपैयाको चेक प्रदान गरेका छन् ।

यस्तै ट्रान्स नेपालका तर्फवाट मुकेश राठीले ५ लाख ११ हजार १ सय ११ ,जितेन्द्र कुमार राठी तथा राठी परिवारले सम्युक्तरुपमा ५ लाख ११ हजार १ सय ११ रुपैया प्रदान गरेको छ ।

यस्तै समाजसेवी नितम चौहानले ५ लाख ११ हजार १ सय ११ रुपैया संस्थालाई प्रदान गरेको संस्थाका संरक्षक लिला ढुङ्गेलले जानकारी दिए ।

कार्यक्रममा मानसेवा आश्रमका संरक्षक तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली,मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई,संरक्षकहरु राजन खत्री, सुशिला भट्टराई,प्रविण खड्का,आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिम्सिना, आश्रमका नवराज केसी ,सामाजिक अभियन्ता गिरिजा सारडा,सरक्षक पुनम दाहाल लगायतले आश्रमलाई व्यवस्थित बनाउन सवैको सहयोग आवस्यक रहने भन्दै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

आश्रममा सडक मानव तथा असायहरुलाई संरक्षण गरिदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]