२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

कानेपोखरीमा लागू औषध सचेतनामुलक कार्यक्रम सम्पन्न्न

Logo
जनचर्चा संवाददाता

कानेपोखरी , १७ जेठ । मोरङको कानेपोखरी ६ मा रहेको आदर्श समाज कानेपोखरीको आयोजनामा ७ दिने लागू औषध सचेतनामुलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।  स्थानीय प्रहरीकाे सहकार्यमा गाउँपालिकाकाे सातैवटा वडामा लागू औषध सचेतनामुलक कार्यक्रमको आयोजना गरिएकाे थियो । आदर्श समाज कानेपोखरीले पहिलो दिन जनसेवा माबीको सभा हलमा कार्यक्रम सुरु गरेको थियो । क्रमश कानेपोखरी ४ स्थित श्री पिनाकल ज्ञान मन्दिर , कानेपोखरी १ स्थित श्री माबी होक्लाबारी ,कानेपोखरी ७ स्थित जनकल्याण माबी , कानेपोखरी २ स्थित राधाकृष्ण मन्दीर , कानेपोखरी ३ स्थित श्री शिक्षा सदन हरकपुर हुँदै कानेपोखरी ५ स्थित श्री सिंहदेबि माध्यमिक विधालयको प्राङ्गणमा आयाेजकले कार्यक्रम समापन गरेको थियो ।

समाजमा कुनै पनि ब्यक्ती नसामा नफसुन् भन्ने उद्देश्यका साथ साे कार्यक्रमको आयोजना गरिएको आर्दश समाज कानेपोखरीका अध्यक्ष प्रकाश कोइरालाले बताए ।
कार्यक्रम समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङनामले लागू औषध न्यूनीकरण गर्न कानेपोखरी गाउँपालिकाले अझ थप बजेट पेश गर्ने प्रतिवद्धता व्यक्त गरिन् । सम्पन्न समारोहमा कानेपोखरी १ का वडा अध्यक्ष रत्न बहादुर कार्की , कानेपोखरी २ का वडा अध्यक्ष सुशील बुढाथोकी , कानेपोखरी ४ का वडा अध्यक्ष रमेश राउत , कानेपोखरी ५ का वडा अध्यक्ष चरण गुरुङ , कानेपोखरी का कार्यवाहक वडा अध्यक्ष पदमा कार्की , कानेपोखरी अस्पताल स्वास्थ शाखा प्रमुख रोहिन्द्र राज भण्डारी , नेपाली काङ्ग्रेस कानेपोखरी सभापति योगेन्द्र दाहाल , कानेपोखरी राप्रपा अध्यक्ष तिर्थ गुरुङ , नेपाली काङ्ग्रेस कानेपोखरी कोषाध्यक्ष सुर्य लिम्बू , कार्यक्रमको प्रमुख प्रशिक्षक किशोर कुमार मगर , सिंह देबि माबीका प्रधानाध्यापक धर्म थापा , लगायत समाजसेवि व्यक्ती तथा शिक्षक , प्रहरी , पत्रकारहरुको उपस्थित रहेको थियो । साे कार्यक्रम सञ्चालन उपसमिति संयोजक उपेन्द्र पौडेलले गरेका थिए भने  स्वागत मन्तव्य कार्यक्रम संयोजक दिपक फुयलले राखेका थिए । आदर्श समाजले कानेपोखरीमा भएका सामाजिक विषय बस्तुमा केन्द्रित भएर विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]