२० कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

रोटरीकाे मेलामा कोदाेको मःमः

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

विराटनगर,१४ असार । विराटनगरमा रोटरी व्यापार मेला सुरु भएको छ । रोटरी क्लव अफ डाउनटाउनको आयोजनामा विराटनगरको सिटी प्यालेसमा शुक्रबार बाट व्यापार मेला सुरु भएको हो ।आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले मेलाको उद्घाटन गरेका थिए । दुईदिन सम्म चल्ने मेलामा नेपाल,भारतमा उत्पादन भएका विभिन्न सामाग्री राखिएको छ । यस्तै मेलामा कोदाको मःम लगायत विभिन्न खानेपरिकारहरुपनि पाइने भएको छ । महिलाहरुका लागि विशेष गरहना र श्रृगारका सामाग्रीहरु स्टलमा राखिएको छ । ५१ वटा स्टलहरु राखिएको डाउनटाउनकी अध्यक्ष रोटरियन मन्जु अग्रवालले जानकारी दिइन् । कार्यक्रममा पव्लिक इमेज प्रमुख मुक्ता तोदी, सचिव सुगन्दा तोदी, सामाजिक अभियन्ता किरण कर्ण , रचना राठी, कुसुम चेनवाला, कांग्रेस नेतृ विन्दिया कार्की, समाजसेवी तथा उद्योगी वेनिगोपाल मुन्दडा, नन्दु राठी, नन्दु राठी,भीखम चन्द सरल लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]