२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

रोटरीकाे मेलामा कोदाेको मःमः

Logo
जनचर्चा संवाददाता

विराटनगर,१४ असार । विराटनगरमा रोटरी व्यापार मेला सुरु भएको छ । रोटरी क्लव अफ डाउनटाउनको आयोजनामा विराटनगरको सिटी प्यालेसमा शुक्रबार बाट व्यापार मेला सुरु भएको हो ।आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले मेलाको उद्घाटन गरेका थिए । दुईदिन सम्म चल्ने मेलामा नेपाल,भारतमा उत्पादन भएका विभिन्न सामाग्री राखिएको छ । यस्तै मेलामा कोदाको मःम लगायत विभिन्न खानेपरिकारहरुपनि पाइने भएको छ । महिलाहरुका लागि विशेष गरहना र श्रृगारका सामाग्रीहरु स्टलमा राखिएको छ । ५१ वटा स्टलहरु राखिएको डाउनटाउनकी अध्यक्ष रोटरियन मन्जु अग्रवालले जानकारी दिइन् । कार्यक्रममा पव्लिक इमेज प्रमुख मुक्ता तोदी, सचिव सुगन्दा तोदी, सामाजिक अभियन्ता किरण कर्ण , रचना राठी, कुसुम चेनवाला, कांग्रेस नेतृ विन्दिया कार्की, समाजसेवी तथा उद्योगी वेनिगोपाल मुन्दडा, नन्दु राठी, नन्दु राठी,भीखम चन्द सरल लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]