२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

स्वतन्त्र युवा क्लब रमाइलोको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न

Logo
जनचर्चा संवाददाता

कानेपोखरी , १५ असार ।  स्वतन्त्र युवा क्लब रमाइलोले शुक्रबार  माेरङकाे कानेपोखरीमा रहेकाे ऐतिहासिक स्थल-पोखरीमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेकाे छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा  “वृक्ष रोपौं स्वच्छ वातावरण कायम गरौं” भन्ने नाराको साथ क्लबले कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

साे वृक्षराेपण कार्यक्रमलाई सम्बाेधन गर्दै स्वतन्त्र युवा क्लब रमाइलोका अध्यक्ष भवेश गुरुङले रुख विरुवाहरु मासीदै आएको अहिलेको वर्तमान समयमा पर्यावरणलाई सन्तुलित राख्न  वृक्षाराेपणकाे कार्यक्रम आयाेजना गरिएकाे  जानकारी गराए । मन्त्वयकै क्रममा क्लबका सहसचिव साइमन गुरुङले बिरुवा रोपेर मात्र हुदैन विरुवाको संरक्षण गर्न सकिएन भने वृक्षरोपण गर्नुको कुनै औचित्यनै नहुने धारणा व्यक्त गरे । त्यस्तै आर्का वक्ता समाजसेवी सुशील राईले वृक्षरोपणले वातावरणलाई धेरैहद सम्म स्वच्छ बनाउन सकिने भन्दै  यस्ता कार्यक्रम फेरी फेरी पनि आयोजना गर्न क्लबलाई अनुराेध गरे ।  युवा नेता होमनाथ घिमीरेले वृक्षरोपणले कार्बन उत्सर्जनमा न्यूनीकरण गर्ने र यस्ता कार्यक्रमले वृक्षरोपण गर्नु पर्छ भन्न्ने अगामी आउने युवा पिडिहरुमा जानकारी हुने बताए ।

सव डिभिजन वन कार्यालय कानेपोखरीको सहयोगमा आयाेजित वृक्षरोपण कार्यक्रममा असोकको बिरुवा ,धुपी , मसला , अमला र शिरिषको विरुवाहरु रोपिएको स्वतन्त्र युवा क्लब कानेपोखरीका सदस्य कृष्ण पाचकोटिले बताए । कानेपोखरी ७ को वन कार्यालय , रमाइलो प्रहरी चौकी , जनसेवाको खेलमैदान , रमाइलोमा रहेको वृद्धा आश्रमा वृक्षरोपण गरिने स्वतन्त्र युवा क्लबका सचीव उपेन्द्र पौडेलले जानकारी दिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव उपेन्द्र पौडेलले गरेका थिए । कार्यक्रमका कानेपोखरीका युवा नेता समाजसेवी , विधार्थीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]