०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कान्तिपुर कलेजमा परीक्षार्थीकाे भीड, सडक जाम

Logo
जनचर्चा संवाददाता

विराटनगर,असार २० ।  विराटनगरकाे कान्तिपुर कलेजमा कक्षा ११ काे नयाँ भर्नाकाे लागी प्रवेश परीक्षा दिन बुधवार विद्यार्थीहरुकाे मानव सागर उर्लिएकाे छ । कक्षा ११ मा ८ सय ५० जनाको कोटाको लागि लिएको प्रवेश परीक्षामा १ हजार ३३७ जनाले परीक्षा दिएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । विद्यार्थीसँगै आएका अभिभावक र आफन्तकाे संख्या अझ बढी रहेकाे थियाे।

विद्यार्थी र अभिभावककाे भिडका कारण बुधबार दिनैभरी कलेज आसपासकाे ट्राफिक समेत अस्तव्यवस्तनै रह्याे । परिक्षा शुरु हुँदा र अन्तहुँदाकाे बखत कलेज बाहिर विद्यार्थी र अभिभावककाे भीड अस्वाभाविक थियाे । साे भीडलाई व्यवस्थापन गर्न प्रहरीलाई समेत दिनैभरी हम्मे हम्मे भयाे । कलेज भित्र पनि भीड नियन्त्रणकाे लागी २० जनाभन्दा सेक्युरीटी तथा कर्मचारी कलेज प्रशासनले खटाउनु परेकाे थियाे ।

कलेजका अनुसार बुधबार कक्षा ११ को विज्ञान संकायमा ३५० जनाको कोटामा ६०३ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । त्यसैगरी ३५० जना व्यवस्थापन संकायको लागि लिएको परीक्षामा ४९७ जना र होटल व्यवस्थापनको १५० जनाको कोटाको लागि लिएको परीक्षामा २३७ जना विद्यार्थीले परीक्षा दिएका छन् । परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कलेजले भर्ना लिने गरी प्रवेश परीक्षाको नतिजा बुधबारनै कलेजले प्रकाशित गरेकाे छ । ‘छिटो र छरीतो तरिकाले हामीले लोकसेवाको लिने जसरी कम्प्यूटरको माध्यमबाट प्रवेश परीक्षा लिएका छौं,’ प्रिन्सिपल नेपालले भने, ‘आज छुटेका विद्यार्थीको लागि पनि हामीले अर्को दिनमा प्रवेश परीक्षा लिने तयारी गरिएको छ ।’

वर्षेनी शैक्षिक गुणस्तरमा फड्काे मारिरहेकाे कन्तिपुर कलेज पछिल्लाे समय अभिभावकको पहिलाे रोजाइमा परेको कलेज हाे । विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान पढाइ हुने उक्त कलेजमा २०७२ सालदेखि नयाँ व्यवस्थापन आएर कलेज संचालनमा ल्याएपछि सर्वोत्कृष्ट नतिजा ल्याउन सफल छ । यस कलेजदेखि उत्तिर्ण भएका मध्ये इन्जिनियरिङमा १ सयभन्दा बढी, मेडिकल क्षेत्रमा ७५, सिए, बिबिए र अन्य विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूले नाम निकाल्नुको साथै पूर्ण छात्रवृत्ति पनि पाएको कलेजले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]