१९ भाद्र २०८२, बिहिबार
04-09-2025 , Thu
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

विज्ञान पढ्न अरनिकोमा भीड: प्रवेश परीक्षामा विद्यार्थीको बाढी

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, आषाढ २२, २०८१

विराटनगर, साउन २२ – देशकै प्रख्यात शैक्षिक संस्था अरनिको माविमा कक्षा ११ को भर्नाका लागि विद्यार्थीहरूको अत्यधिक चाप देखिएको छ। विशेषगरी विज्ञान संकायतर्फ भर्ना हुन चाहने विद्यार्थीहरूको संख्या उल्लेखनीय रहेको छ। बुधबार सम्पन्न भएको प्रवेश परीक्षामा विज्ञान विषयका ८०० सिटका लागि १,९०३ जना विद्यार्थीहरूले परीक्षा दिएका छन्। यसले अरनिको माविप्रति विद्यार्थीहरूको बढ्दो आकर्षण देखाउँछ।

कलेजका प्रिन्सिपल राजेश भन्छन् , “हामीप्रति गरिएको विश्वासलाई हामी कायम राख्नेछौं। कलेजको प्रतिष्ठालाई अझै उच्च स्तरमा पुर्याउन हामी निरन्तर प्रयासरत रहनेछौं।” कार्कीका अनुसार, विद्यार्थीहरूलाई एसईई र प्रवेश परीक्षाको अंकको आधारमा १० हजारदेखि १ लाख रुपैयाँसम्म छुट प्रदान गरिनेछ।

यसैबीच, अमेरिकाेका पूर्व विद्यार्थीहरू दिवस थापा र नीलहरि भण्डारीले तीन जना नयाँ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेका छन्। थापाले दुई जना गरिब जेहेन्दार विद्यार्थी र भण्डारीले एक जना सरकारी विद्यालयबाट आएका विद्यार्थीलाई यो सुविधा दिएका हुन्। अरनिको माविबाट उत्तीर्ण विद्यार्थीहरूले चिकित्सा र नर्सिङ क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेका छन्, जसले गर्दा यो संस्था विज्ञान शिक्षाको केन्द्रको रूपमा स्थापित भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

विराटनगर,१७ भदौ । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो । बेलुका १० बजे गरिएको जल सतह मापन अनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ […]