२३ आषाढ २०८३, मंगलबार
07-07-2026 , Tue
Gold Silver Price (Asar 18, 2083, THUR)
Fine Gold 1 Tola NRs. 284000
Silver 1 Tola Nrs. 4465

विनायक पन्तको नेतृत्वमा विराटनगरमा धार्मिक र सामुदायिक क्रान्ति

Logo
जनचर्चा संवाददाता

काठमाडाैं, असार ३०। विराटनगर-८ स्थित बाल संस्कार तथा युवा जाग्रिती केन्द्र (अष्ट चिरञ्जीवी मन्दिर) को १५ औं वार्षिकोत्सव मनाइएको छ। यस अवसरमा नवनिर्मित सामुदायिक भवनको उद्घाटन र दाता सम्मान कार्यक्रम समेत सम्पन्न भएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विराटनगरका विभिन्न सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै पराजुलीले धार्मिक मूल्य मान्यता, भाषा र संस्कृतिको संरक्षणको महत्व औंल्याए। उनले नयाँ पुस्तालाई सामाजिक, धार्मिक र नैतिक शिक्षा दिनुपर्ने आवश्यकता रहेको बताए। पराजुलीले पुरानो र नयाँ पुस्ताबीचको सामञ्जस्यता कायम राख्न धार्मिक मूल्य मान्यताको संरक्षण गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिए।

मन्दिर समितिका अध्यक्ष विनायक पन्तको नेतृत्वमा २२ लाख रुपैयाँको लागतमा सामुदायिक भवन निर्माण गरिएको छ। पन्तको अथक प्रयास र समर्पणले मन्दिर र समुदायको विकासमा उल्लेखनीय योगदान पुगेको छ। उनको कुशल नेतृत्वमा मन्दिर समुन्नत बन्न पुगेको छ र यसले स्थानीय समुदायको धार्मिक तथा सामाजिक जीवनमा सकारात्मक प्रभाव पारेको छ।

यो कार्यक्रमले विराटनगरमा धार्मिक र सामुदायिक विकासको क्षेत्रमा एक महत्वपूर्ण मील पत्थर स्थापित गरेको छ। यसले स्थानीय समुदायको एकता र सहकार्यलाई बलियो बनाउनुका साथै आगामी पुस्तामा सकारात्मक मूल्य मान्यताहरू हस्तान्तरण गर्ने आधार तयार गरेको छ।

कार्यक्रममा लिला खरेल, प्रविन प्रमिला जोशी, अरुण वर्खा न्यौपाने, बेनीगोपाल मुन्दडा, रामकृष्ण नेपाल, मात्रिका पोखरेल, गणेश मुखिया, रोहित कार्की, राजकुमार मण्डल, योगेश भट्टराई, उज्जल प्रसाई, गौरव गाडोदिया, श्रवण अग्रवाल, निर्मल सुवेदी, दीपक ढुङ्गेल, प्रभु साह,अर्पना दाहाल पन्त लगायत २२ जनालाई सम्मान गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]