२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

अरनिकोका नवआगन्तुक विद्यार्थी‍ अभिमुखीत

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, साउन ०४, २०८१

विराटनगर, साउन ४ । विराटनगर–१० स्थित अरनिको कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि बिहीबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कलेजले यसपटक विज्ञान र व्यवस्थापन संकायमा गरी १ हजार १ सय भन्दा बढी विद्यार्थी भर्ना लिएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रख्यात उत्प्रेरक रमण भट्टराईले “सकारात्मक सोच र अध्ययन” विषयमा नवआगन्तुक विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरे । भट्टराईले अरनिको कोशी प्रदेशको मात्र नभई नेपालकै उत्कृष्ट कलेज भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई कडा मेहनत र परिश्रमका साथ अध्ययन गर्न प्रोत्साहित गरे ।

अरनिको कलेजका सञ्चालक तथा प्रिन्सिपल राजेश कार्की, सञ्चालक तथा प्राध्यापक भरत दाहाल, र विज्ञान संकाय तर्फका कोर्डिनेटर विकास खनालले विद्यार्थीहरूलाई अनुशासन कायम गर्नेदेखि शैक्षिक गतिविधिको बारेमा जानकारी गराए। कार्यक्रममा अभिभावकको तर्फबाट सीएम बस्नेतले सम्बोधन गर्दै अरनिको नेपालकै उत्कृष्ट कलेज भएकोले विद्यार्थीहरूलाई कडा मेहनत र लगनशीलताका साथ अध्ययन गर्न सुझाव दिए ।

कार्यक्रममा एसईईमा ४.० जीपीए ल्याउने ६ जना विद्यार्थीहरू अन्वेशा बस्नेत, गृश्मा लुईंटेल, प्रतिभा रौनियार, सुब्रत बराल, कृतज्ञ दाहाल र अजय लिम्बुलाई प्रवेश परीक्षामा उच्च अंक हासिल गरेकोमा “राजबहादुर कुँवर–कमला कुँवर” छात्रवृत्ति पुरस्कार प्रदान समेत गरियाे।

अरनिको कलेजले विज्ञान संकाय तर्फ १ हजार भन्दा बढी विद्यार्थी भर्ना लिएको जनाएको छ। साउन ६ गतेदेखि विज्ञान संकाय तर्फको कक्षा सञ्चालन हुने कलेजले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]