२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

अरनिकोका नवआगन्तुक विद्यार्थी‍ अभिमुखीत

Logo
जनचर्चा संवाददाता

विराटनगर, साउन ४ । विराटनगर–१० स्थित अरनिको कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि बिहीबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कलेजले यसपटक विज्ञान र व्यवस्थापन संकायमा गरी १ हजार १ सय भन्दा बढी विद्यार्थी भर्ना लिएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रख्यात उत्प्रेरक रमण भट्टराईले “सकारात्मक सोच र अध्ययन” विषयमा नवआगन्तुक विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरे । भट्टराईले अरनिको कोशी प्रदेशको मात्र नभई नेपालकै उत्कृष्ट कलेज भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई कडा मेहनत र परिश्रमका साथ अध्ययन गर्न प्रोत्साहित गरे ।

अरनिको कलेजका सञ्चालक तथा प्रिन्सिपल राजेश कार्की, सञ्चालक तथा प्राध्यापक भरत दाहाल, र विज्ञान संकाय तर्फका कोर्डिनेटर विकास खनालले विद्यार्थीहरूलाई अनुशासन कायम गर्नेदेखि शैक्षिक गतिविधिको बारेमा जानकारी गराए। कार्यक्रममा अभिभावकको तर्फबाट सीएम बस्नेतले सम्बोधन गर्दै अरनिको नेपालकै उत्कृष्ट कलेज भएकोले विद्यार्थीहरूलाई कडा मेहनत र लगनशीलताका साथ अध्ययन गर्न सुझाव दिए ।

कार्यक्रममा एसईईमा ४.० जीपीए ल्याउने ६ जना विद्यार्थीहरू अन्वेशा बस्नेत, गृश्मा लुईंटेल, प्रतिभा रौनियार, सुब्रत बराल, कृतज्ञ दाहाल र अजय लिम्बुलाई प्रवेश परीक्षामा उच्च अंक हासिल गरेकोमा “राजबहादुर कुँवर–कमला कुँवर” छात्रवृत्ति पुरस्कार प्रदान समेत गरियाे।

अरनिको कलेजले विज्ञान संकाय तर्फ १ हजार भन्दा बढी विद्यार्थी भर्ना लिएको जनाएको छ। साउन ६ गतेदेखि विज्ञान संकाय तर्फको कक्षा सञ्चालन हुने कलेजले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, साउन २७ । लायन्स क्लब अफ विराटनगरको आयोजनामा सञ्चालन भइरहेको लायन्स सर्भिस विक अन्तर्गत  विद्यार्थीहरूको वक्तृत्वकला, आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले एक्सटेम्पोर स्पिच प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले तत्काल विषयवस्तु प्राप्त गरी आफ्नो विचार प्रस्तुत गर्दै वक्तृत्वकला, तार्किक क्षमता, आत्मविश्वास तथा […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]