२१ भाद्र २०८२, शनिबार
06-09-2025 , Sat
Gold Silver Price (19 Bhadra 2082, Thrusday)
Fine Gold 1 Tola NRs. 208400
Silver 1 Tola Nrs. 2495

अरनिको कलेजकाे सानदार परिणाम: ३.९६ जिपिएसहित ७९ जनाद्वारा उत्कृष्ट नतिजा

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, साउन १९, २०८१

विराटनगर, साउन १९ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले उल्लेखनीय सफलता हासिल गरेको छ। विज्ञान संकायतर्फ अरनिको विद्यालय राष्ट्रिय स्तरमै अग्रणी स्थानमा छ।

कोशी प्रदेश लगायत समग्र देशका शैक्षिक संस्थाहरूको तुलनामा अरनिको विद्यालयले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको छ। विद्यालयका छात्र राकेश कुमार साह र छात्रा तेजस्वी आचार्यले ३.९६ ग्रेड पोइन्ट एभरेज (जिपिए) प्राप्त गरी उच्चतम स्थान हासिल गरेका छन्।

विद्यालयका प्रधानाध्यापक राजेश कार्कीका अनुसार ७९ जना विद्यार्थीहरूले ३.६ जिपिए वा सोभन्दा माथिको उत्कृष्ट नतिजा प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ, २० भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको छ।सर्वोच्च अदालतको आदेश र सरकारको निर्णय बमोजिम नेपालमा दर्ता नभएका २६ सामाजिक निष्क्रिय पार्न प्राधिकरणले पत्र लेखेको हो। सरकारले नेपालमा दर्ता नभएको भन्दै फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स (ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

विराटनगर,१९ भदौ ।  कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खनेनसिं हाङ्गामले आफूले सचिव डा.शरणकुमार पाण्डे चडेको गाडीको चाबी खोसेको सन्दर्भमा प्रस्टीकरण दिएका छन् ।बुधवार ताप्लेजुङ पुगेर मन्त्री हाङ्गामले सञ्चारकर्मीसँग प्रस्टीकरण दिएका हुन् ।सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री हाङ्गामले भने, ‘उहाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारको सहसचिवको रूपमा सरुवा हुनुभयो । सहसचिवको रूपमा सरुवा भइसकेपछि, कोशी […]