२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

अरनिको कलेजकाे सानदार परिणाम: ३.९६ जिपिएसहित ७९ जनाद्वारा उत्कृष्ट नतिजा

Logo
जनचर्चा संवाददाता

विराटनगर, साउन १९ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले उल्लेखनीय सफलता हासिल गरेको छ। विज्ञान संकायतर्फ अरनिको विद्यालय राष्ट्रिय स्तरमै अग्रणी स्थानमा छ।

कोशी प्रदेश लगायत समग्र देशका शैक्षिक संस्थाहरूको तुलनामा अरनिको विद्यालयले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको छ। विद्यालयका छात्र राकेश कुमार साह र छात्रा तेजस्वी आचार्यले ३.९६ ग्रेड पोइन्ट एभरेज (जिपिए) प्राप्त गरी उच्चतम स्थान हासिल गरेका छन्।

विद्यालयका प्रधानाध्यापक राजेश कार्कीका अनुसार ७९ जना विद्यार्थीहरूले ३.६ जिपिए वा सोभन्दा माथिको उत्कृष्ट नतिजा प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]