१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पिउने पानीकाे संरचना बनाउने तयारीमा महेन्द्र मोरङ क्याम्पस, दाताद्वारा योजनामा हस्ताक्षर

Logo
काैशल निराैला

विराटनगर,२१ साउन । महेन्द्र मोरङ क्याम्पस विराटनगरका ११ हजार विद्यार्थीलाई पानी खुवाउने योजनामा हस्ताक्षर भएको छ । पूर्व विद्यार्थी तथा विराटनगरका उद्योगी तथा समाजसेवीहरुको सहयोगमा यो योजना बनेको हो ।  हालै मात्र महेन्द्र मोरङ क्याम्पस विराटनगरमा भएको एक भेलाका बीच उक्त योजनामा हस्ताक्षर भएको छ । यस योजना अन्तगत क्याम्पस  परिसर भरी पानी वितरण इकाइहरु बन्ने भएको छ ।

जसका लागि उद्योगी तथा समाजसेवी महेशकुमार,आनन्द कुमार जाजुद्वारा आफ्ना स्व. पिता रामानन्द जाजु र स्व.माता हरिपियारी जाजुको संझनामा साथै देवेनरा मुन्दडा परिवारद्वारा आफ्नो माता स्व. जमुना महेश्वरी राठीको स्मृतिमा, पवन सारडा र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई लगायतले खानेपानीको लागि वितरण इकाई, ट्याङ्की तथा त्यसका लागि आवश्यक सामाग्री खरिद तथा निर्माण गर्नेगरी संझौता भएको छ ।

यस कार्यका लागि पूर्व विद्यार्थीहरु भीम पराजुली,भीम घिमिरे लगायतले विशेष सहयोग,सहजीकरण गरेका छन् । शुद्ध खानेपानी अभावमा विद्यार्थीले पाएको सास्ती समाधान गर्न धेरै लामो समयदेखि छलफल हुदै आएपनि समस्या समाधान हुन सकेको थिएन । निर्माण दाताहरुमा सक्रियता देखिएपछि यसले मुर्तरुप पाउने अपेक्षा गरिएको छ ।

यो केही वर्षभित्रै सम्पन्न हुने लक्ष्य राखिएको छ । संझौता कार्यक्रममा स्ववियु पूर्व सभापति तथा कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले सहयोगी कार्यमा जुट्नुहुने मनहरूलाई धन्यवाद दिएका छन् । यस्तै उद्योगी महेश जाजुले शैक्षिक क्षेत्रको धरोहरमा आफुले सहयोग गर्नपाउदा खुसी भएको बताए ।

त्यस्तै उद्योगी प्रकाश मुन्दडाले क्याम्पसका विद्यार्थीले यो जमानामा पनि शुद्ध खानेपानि खान नपाउनु विडम्बनाको विषय भएको र यसलाई समाधान गर्न आफु जागरुक भएको बताए । क्याम्पस प्रमुख डा.रामावतार शरणले क्याम्पसका सवै भौतिक पूर्वाधारहरुमा पुन निर्माणको आवश्यकता रहेको औल्याए । कार्यक्रममा उद्योगी भीम घिमिरे,डा.मोहन सुवेदी,कांग्रेस युवा नेता अरुण न्यौपाने,कृष्ण कार्की,लोकेन्द्र तिम्सिना,राजकुमार मण्डल लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]