२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

क्रिकेटमा इच्छा राख्नेलाई लायन्स क्रिकेट एकेडेमीद्वारा तालिम

Logo
जनचर्चा संवाददाता

विराटनगर,६ असाेज । क्रिकेटमा इच्छा राख्ने बालबालिकालाई विराटनगरमा तालिम प्रदान गर्न थालिएको छ । यसैमा भविष्य खाेज्ने र इच्छा व्यक्त गर्नेहरूलाई तालिम प्रदान गरिन थालेको हाे ।

विराटनगरकाे दुर्गाचाेकमा रहेका जुनियर र सिनियर दुई व्लकवाट तालिम दिन थालिएको हाे ।
विराटनगरका विभिन्न स्थानका बालबालिका तथा युवाहरू यसमा सहभागी भएका छन् । जसका लागि पूर्व राष्ट्रिय खेलाडी कुन्दन खतिवडा प्रशिक्षककारूपमा रहेका छन् । यस संस्थाकाे सम्पूर्ण व्यवस्थापन लायन्स क्रिकेट एकेडेमी अध्यक्ष दिवस नेपालले गरेका छन् ।

भविष्य बाेकेका र आसलाग्दा खेलाडीलाई छनाैट गरि नि:सुल्क तालिम प्रदान गरिएको अध्यक्ष नेपालले वताए । टिममा विराटनगरका १२० जना बालबालिकाले तालिम लिइरहेका छन् । संस्था सन्चालनका लागि केही रकम तालिम लिनेहरूवाट लिएको पनि नेपालले वताए । साेही क्रिकेट एकेडेमी भारतकाे कलकत्तामा हुन गइरहेको एकेडेमी स्तरीय प्रतियोगितामा सहभागी हुन दशै तिहारकाे विचमा जादै छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]