२५ माघ २०८२, शनिबार
07-02-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

पत्रकारहरुको जिन्दगी भयावह अवस्थामा छः सञ्चारमन्त्री गुरुङ

Logo
जनचर्चा संवाददाता

काठमाडौं ,९ असोज ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसारलाई नै सुचित गर्ने पत्रकारहरु आफ्नाबारे सुसुचित हुन नसकेको बताएका छन् ।

सोमबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सबैलाई झकझक्याउने, जनतालाई सुसुचित गर्ने पेशाले नै आफ्नाबारे सुसुचित गर्न नसकेको बताएका हुन् ।

उनले भने, ‘प्राइभेट अस्पताल, स्कुल र पत्रकारहरुको जिन्दगी एकदमै भयावह अवस्थामा छ । प्राइभेट स्कुलका शिक्षकहरुले कोभिड लागेर स्कुल बन्द भएको ११ महिना भयो, पैसा छैन भनिरहेका छन् । पत्रकारिता क्षेत्र पनि सबैभन्दा बढी जोखिममा छ । आफ्नो अनि परिवारको केही प्रवद्र्धन छैन । दुनियाँलाई सुसुचित गर्ने पत्रकारहरुले आफ्नो लागि सुसुचित गर्न सकेका छैनन् ।’

साथै उनले जोखिममा भएको पत्रकारिता क्षेत्रले मानवतालाई जोगाइ राखेको बताए । उनले पत्रकारितालाई अगाडि बढाउन मन्त्रालयसँगै सिंगो राष्ट्र लाग्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]

काठमाडौं ,२२ माघ। नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ । पार्टी सभापति गगनकुमार थापाले आज उनलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोकेका हुन् ।साथै सभापति थापाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही माघ ८ गते दिएको राजीनामा स्वीकृत गरेको अर्का सचिव प्रकाश शर्माले […]

माघ २0, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ” भनेको दाबीसहित कई भिडियो र फेसबुक पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। पत्रिका नेपाल, यात्रा, टाइम्स अफ नेपाल, टीखबर लगायत फेसबुक पेजहरुबाट यी पोस्टहरु लाखौँ मानिसले हेरेका छन्। तर नेपाल फ्याक्ट चेक र अनलाइनखबरको सहकार्यमा गरिएको […]