२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

समुदायगत समस्या राज्यतहवाटै सम्वोधन गर्नुपर्छ : कांग्रेस केन्द्रीय सदस्य पराजुली

Logo
जनचर्चा संवाददाता

विराटनगर,१८ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले अझै पनि झागड-उराव समुदाय शिक्षा,स्वास्थ्य तथा अन्य आधारभूत आवस्यकतावाट बन्चित रहदै आएको भन्दै राज्यतहवाटै समस्याको समाधान गरिनुपर्ने बताएका छन् । उराव समुदायका अगुवाहरुको भनाईहरुलाई सम्वोधन गदै पराजुलीले समुदाय स्तरमै गएर राज्यले डाटा लिने र सोही अनुरुपको व्यवस्थापन गर्न सके मात्रै अधिकारका हरेक पक्षहरु सवल बन्ने बताए ।

नेपाल झागड उराव कोड्रेम सुधार समिति विराटनगरले बुधबार विराटनगर ४ स्थित इक्राइ बनलौरीमा गरेको कर्मा,धर्मा पूजा कार्यक्रममा बोल्दै पराजुलीले यस्तो बताएका हुन् । उराव समुदायले विभिन्न धार्मिक तथा सास्कृतिक कार्यक्रम गरेको थियो । झागड,उराव समुदायले विराटनगरमा गरेका हरेक कार्यक्रममा सांस्कृतिक प्रस्तुती दिएको आफुले देखेको भन्दै पराजुलीले प्रशंसा समेत गरेका थिए ।उनले खास- खास अधिकार प्राप्तिका लागि मागेर नपाए संघर्ष गरेर भएपनि राज्यसंग लिन आग्रह गरे ।

कार्यक्रममा नेपाल उराव संघका केन्द्रीय सभापति तथा संविधानसभा सदस्य सूर्यदेव उराव, नेकपा एमालेका युवा नेता सागर थापा,नेपाली कांग्रेसका युवा नेता विनायक पन्त,आदीवासी जनजाती महासंकघका केन्द्रीय उपाध्यक्ष ध्यानी उराव ,सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिता उराव,समाजेवी ध्रुव उराव,सुरेन्द्र उराव,नेपाल झागड उराव सुधार समितिका अध्यक्ष गोविन्द उराव,सुनसरी अधयक्ष राजु उराव,झागड उराव राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलखन उराव,आदीवासी जनजाती महसंघ विराटनगरका अध्यक्ष सुरेश गनगाई लगायतले आ -आफ्ना धारणा व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]