२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

दशैं बिदापछि मंगलबारबाट शेयर बजार पुनः सञ्चालनमा

Logo
जनचर्चा संवाददाता

काठमाडाैं, असोज २९। बडादशैंको सार्वजनिक बिदा सोमबार समाप्त भएसँगै मंगलबारदेखि शेयर बजार पुनः सञ्चालनमा आएको छ। तथापि, आश्विन शुक्लपक्ष त्रयोदशीको दिन आज पनि नवदुर्गाको प्रसादस्वरूप मान्यजनबाट टीका र जमरा लगाउने परम्परा कायम रहनेछ।

यो वर्षको दशैं चक्र असोज ३० गते बुधबार अखिल बलिपूर्तिसम्म र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमासम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृत पात्रोमा उल्लेख गरिएको छ। कोजाग्रत पूर्णिमाको राति जाग्राम बसी महालक्ष्मीको पूजा गरिन्छ, जसपछि बडादशैं औपचारिक रूपमा समापन हुन्छ।

दशैं नवदुर्गाको प्रसाद र आशीर्वाद लिने मात्र नभई टाढा रहेका आफन्तहरूसँग भेटघाट गर्ने अवसर पनि हो। विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म मानिसहरू आफन्तको घरमा आशीर्वाद लिन जाने गर्छन्।

यसैबीच, सरकारी कार्यालयहरू पनि आजै मंगलबारदेखि खुलेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]