१८ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

दशैं बिदापछि मंगलबारबाट शेयर बजार पुनः सञ्चालनमा

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, आश्विन २९, २०८१

काठमाडाैं, असोज २९। बडादशैंको सार्वजनिक बिदा सोमबार समाप्त भएसँगै मंगलबारदेखि शेयर बजार पुनः सञ्चालनमा आएको छ। तथापि, आश्विन शुक्लपक्ष त्रयोदशीको दिन आज पनि नवदुर्गाको प्रसादस्वरूप मान्यजनबाट टीका र जमरा लगाउने परम्परा कायम रहनेछ।

यो वर्षको दशैं चक्र असोज ३० गते बुधबार अखिल बलिपूर्तिसम्म र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमासम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृत पात्रोमा उल्लेख गरिएको छ। कोजाग्रत पूर्णिमाको राति जाग्राम बसी महालक्ष्मीको पूजा गरिन्छ, जसपछि बडादशैं औपचारिक रूपमा समापन हुन्छ।

दशैं नवदुर्गाको प्रसाद र आशीर्वाद लिने मात्र नभई टाढा रहेका आफन्तहरूसँग भेटघाट गर्ने अवसर पनि हो। विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म मानिसहरू आफन्तको घरमा आशीर्वाद लिन जाने गर्छन्।

यसैबीच, सरकारी कार्यालयहरू पनि आजै मंगलबारदेखि खुलेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]