२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

लैङ्गिक हिंसाविरुद्ध बिराटनगरमा बृहत् जागरण र्‍याली

Logo
आकृति रानी फुयल

विराटनगर, मंसिर ११ ।
बिराटनगर महानगरपालिकाको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको पहिलो दिन सोमबार विशेष कार्यक्रम सम्पन्न भएको छ। “हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसाको अन्त्यका लागि एकता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पञ्चेबाजासहितको बृहत् जनचेतनामूलक र्‍याली निकालिएको थियो।

गैसस महासंघ कोशी प्रदेश, मानव अधिकार सञ्जाल र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को समन्वयमा आयोजित र्‍यालीमा अपाङ्गता क्षेत्रका संघसंस्था, विद्यालय, राजनीतिक दल, नगर बाल सञ्जाल र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

महानगर परिसरबाट सुरु भएको र्‍याली सिडियो कार्यालय, हस्पिटल चोक, जलजला रोड हुँदै महेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा महानगर प्रमुख नागेश कोइरालाले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको समापनमा उपप्रमुख तथा न्यायिक समिति संयोजक शिल्पा निराला कार्कीले लैङ्गिक हिंसाबाट पुरुष पनि पीडित हुने गरेको उल्लेख गर्दै पीडितहरूलाई न्यायिक समितिमा सम्पर्क गर्न आग्रह गर्नुभयो। उहाँले न्यायिक समिति पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]