१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

Logo
जनचर्चा संवाददाता

विराटनगर, म‌सिर २७ ।  नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ । एनपीएल इतिहासकै पहिलो सुपर ओभरमा पोखराले विजयी सुरुवात गरेको हो ।

निर्धारित २० ओभरको खेलमा दुवै टिमले समान १३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराले रेइफरको विस्फोटक ब्याटिङमा २ छक्का र एक चौकाको मद्दतले १८ रन बनायो । रेइफरले निर्धारित खेलको अन्तिम बलमा छक्का प्रहार गरी खेललाई सुपर ओभरमा पुर्‍याएका थिए ।

१९ रनको लक्ष्य पछ्याएको विराटनगरले एक विकेट गुमाएर ५ रन मात्र बनाउन सक्यो । पोखराका लागि सुपर ओभरमा रेइफरले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे । उनको सर्वपक्षीय प्रदर्शनको बदौलत पोखराले रोमाञ्चक जित निकाल्न सफल भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]