१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

रास्वपामा मुकुल ढकाल फर्काउन निवेदन

Logo
जनचर्चा संवाददाता

काठमाडौँ, १८ पुस/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्रीमा मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउनुपर्छ भन्दै पार्टीमा निवेदन परेको छ ।

पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले उक्त पत्र केन्द्रीय कार्यालयमा दर्ता गराएका हुन् ।

उनीहरूले पार्टी आजसम्मकै सबैभन्दा ठुलो सङ्कटको घडीमा रहेको महसुस गरेको भन्दै लेखेका छन् ‚‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्यो भन्दा ठुलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ ।’

निवेदनमा उनीहरूले पछिल्लो असार महिना यता पार्टीमा जे जति घटना घटे, त्यो दुःखद भएको भन्दै  पार्टीको यो घडीमा सबै मिलेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।

‘त्यसका लागी केहि कोर्स करेक्सन आवश्यक छन् । सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको जानकारी गराउँछु‚’ निवेदनमा लेखिएको छ‚ ‘राइट टू रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु ।’

निवेदनमा थप लेखिएको छ‚ ‘यसर्थ, एक आपसका सबै तुष सबै पक्षबाट त्यागौँ र सङ्कटको यो घडी फुटेर होइन, जुटेर सामना गरौँ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताका लागी  एउटा बलियो र भरोसायुक्त पार्टीको रूपमा स्थापना गरौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]