०२ आश्विन २०८२, बिहिबार
18-09-2025 , Thu
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

पत्रकार किशोर नेपाललाई नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, माघ १५, २०८१

विराटनगर,१५ माघ / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन् । नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिंडिरहेको टिप्पणी गरे । उनले तीनै तहको सरकारमा बसेको अधिकांश व्यक्तिहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएको बताए ।

‘अहिले राजनीतिलाई व्यावसायिकीकरण गरिँदैछ । राजनीति भनेको पेशा, व्यवसाय होइन सेवा हो,’ उनले थपे, ‘पैसै कमाउने हो अन्य थुप्रै विकल्पहरु छन् । तर राजनीति गर्नु भनेको समाजसेवा गर्नु हो ।’ जनप्रतिनिधिहरु लोभ र लालचमा फस्न नहुनेमा उनको जोड थियो ।
नेता कोइरालाले सरकारले संसदलाई पर सारेर अध्यादेश ल्याएकोमा आपत्ति जनाए । उनले संसद बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनतामा आशंका देखिएको टिप्पणी गरे ।

‘हतारहतार अध्यादेश ल्याउनुपर्ने कुनै जरुरी थिएन । अध्यादेशमा केही खोट छ कि, सरकारको केही स्वार्थ छ कि भन्ने आमजनतामा परेको छ,’ उनले भने, ‘संसदमै पेश गर्दा पनि कांग्रेस र एमाले मिल्दा झण्डै दुई तिहाईको संख्या छ । सजिलै पास हुन्थ्यो । संसद छलेर सरकारले जुन अध्यादेश ल्याएको छ त्यो ठीक भएन ।’ नोना कोइरालाको १८ औं स्मृति दिवसको अवसर आयोजित कार्यक्रममा कोइरालाले नोना कोइरालाले आफूलाई नैतिकता र इमान्दारिताको पाठ सिकाएको बताए । इमान्दारिता र नैतिकता नभए राजनीति गर्ने व्यक्ति कहिल्यै पनि अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।

कार्यक्रमा यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो । नेता डा. कोइराला र प्रतिष्ठानकी अध्यक्ष पूनम कोइरालालगायतले पत्रकार नेपाललाई दोसल्ला ओढाएर नगद २५ हजारसहित सम्मानपत्र प्रदान गरेका थिए । प्रतिष्ठानले हरेक वर्ष स्मृति दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गर्दै आएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले नोना कोइराला त्याग र समर्पणको प्रतीक भएको बताएका थिए । कार्यक्रममा कांग्रेस नेता वसन्त भट्टराईले नोना कोइरालाले पार्टीमा अभिभावकको भूमिका निर्वाह गरेको बताए ।

उनले मन्त्री पदसमेत अस्वीकार गरेर त्याग राजनीति गरेको स्मरण गरे । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कोइराला निवासमा पुग्ने जोकोहीलाई नोनाले आप्mनै छोराछोरीको व्यवहार गर्ने गरेको बताए । उनले विपन्न र शहीदका छोराछोरीलाई धेरैलाई डाक्टर, इन्जिनियर बनाएको भन्दै चर्चा गरे । जनतालाई अधिकार दिलाउन कठोर र पार्टी र प्रजातन्त्रका लागि लडेकाहरुका लागि आमा बनेर प्रस्तुत हुने गरेको उनको भनाइ थियो ।

विराटनगर महानगरका मेयर नागेश कोइरालाले नोना कोइरालासित राजनैतिक, धार्मिक, सामाजिक व्यक्तित्वलगायतका विभिन्न विषय जोडिएको बताए । कोइराला परिवारलाई एक्कढिक्का बनाएर राजनीतिमा अगाडि बढाउन नोनाको योगदान महत्वपूर्ण रहेको मेयर कोइरालाको भनाइ थियो । प्रतिष्ठानकी अध्यक्ष पूनम कोइरालाले विराटनगरको आदर्श, आदर्श बालिका विद्यालयलगायत शैक्षिक संस्थाहरुको स्थापना र विकासमा नोना आमाको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिन् ।

उनले नोना कोइरालाले महिलाहरु आत्मनिर्भर र स्वाभिमानपूर्वक बाँच्नुपर्छ भन्ने गरेको बताइन् । पुरस्कृत पत्रकार नेपालले सञ्चार क्षेत्रले जहिल्यै पनि विपक्षीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष ज्योति आचार्य, महासचिव अमित श्रीवास्तव, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक प्रा.डा. संजीवकुमार शर्मालगायतले नोना कोइरालाको योगदानको चर्चा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]