२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

नेका केन्द्रीय सदस्य पराजुलीले बाँडे संखुवासभा बाह्रबिसेका आगलागि पिडितलाई राहत

Logo
जनचर्चा संवाददाता

संखुवासभा,१६ माघ । नेपाली कांग्रेसले संखुवासभा सभापोखरि बाह्रबिसेका आगलागि पिडितहरुलाई राहत वितरण गरेको छ । स्थानिय कांग्रेस कार्यकर्ताद्धारा संकलित ४ लाख ८४ हजार ४ सय ४७ रुपैया नगद आगलागि पिडितहरुलाई प्रदान गरिएको हो । कांग्रेसको १ सय दिने अभियान अन्तरगत संखुवासभा पुगेका नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उक्त रकम हस्तान्तरण गरेका थिए ।

सभापोखरी गाउँपालिका–६ स्थित बजारमा माघ २ गते दिउँसो भएको आगलागीमा परि १७ घर जलेका थिए । आगलागिमा लाखौं रुपैयाँ बराबरको क्षति भएको वडाध्यक्ष जितेन्द्र वनेम लिम्बूले जानकारी दिए। आगलागीबाट मानवीय क्षति नभएपछि घर पूर्णरुपमा जलेको थियो । अभियान अन्तरगत पुगेका नेता पराजुलीले जनताको घरदैलोमा पुग्ने र समस्या सुन्ने काममा कांग्रेस लागेको वताए ।

आगलागिबाट भएको क्षतिप्रति उनले दुःख व्यक्त गरेका थिए । मानवीय त्रुटीका कारण हुने दुर्घटना र भइपरि आउने भवितव्य समाधानका लागि आवश्यक व्यवस्थापनमा जुट्नु आजको आवश्यकता भएको उनले औल्याए । कोशी प्रदेशका सांसद समेत रहेका पराजुलीले केही समय अगाडि प्रदेश सरकारलाई आगलागि पिडित परिवारलाई राहत प्रदान गर्न पनि आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]