०१ कार्तिक २०८३, शनिबार
17-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराट गोल्डकपका संयोजक रिजालद्वारा खेलमैदान निरीक्षण

Logo
जनचर्चा संवाददाता

विराटनगर,२३ माघ । विराट गोल्डकप फुटबल प्रतियोगिता गराउने जिम्मेवारी पाएकै दिन उद्योगी नविन रिजालले शहीद रंगशालाको अनुगमन गरेका छन् । विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको बैठकले मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजाललाई फुटबल प्रतियोगिता गराउने जिम्मेवारी दिएको छ ।

मंगलबार विराट गोल्डकप फुटबल प्रतियोगिताको संयोजकको जिम्मेवारी पाएका रिजालले खेलमैदानको तत्काल निरीक्षण  गरेका थिए । अब मोरङ उद्योग व्यापार संघको टिमले निवर्तमान अध्यक्ष रिजाल संयोजक रहेको विराट गोल्डकप फुटबल प्रतियोगिता गराउने छ ।

संयोजक रिजालले २०८१ फागुन १९ देखि २८ गतेसम्म विराटनगर स्थित शहीद रंगशालामा दिवा खेल संगै फ्लड लाइटमा रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गर्ने गरी काम गर्ने बताए । अघिल्लो वर्ष विराट गोल्डकप फुटबल ट्रष्ट विराटनगर आफैले प्रतियोगिता आयोजना गर्दा भने घाटा बेहोरेको थियो । ट्रष्टले आर्थिक पाटोलाई पनि  ढिलो गरि सार्वजनिक गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]