०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

सुन्दरहरैँचामा ११ दिने विराट एक्स्पो हुँदै, ४ करोड लगानी

Logo
जनचर्चा संवाददाता

विराटचाैक, माघ २७ । मोरङको सुन्दरहरैँचा-१० स्थित विराटचौकमा चौथो विराट एक्स्पो माघ ३० गतेदेखि फागुन १० गतेसम्म आयोजना हुने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको यो एक्स्पोमा १९४ वटा स्टल रहने छन् ।

एक्स्पोमा औद्योगिक सामग्रीका ११४, कृषि तथा घरेलु सामग्रीका ४०, अटोमोबाइल्सका १५, होटलका १६ र मुख्य प्रायोजकका ९ वटा पेभिलियन समावेश गरिएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीका अनुसार एक्स्पो आयोजनामा ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उनले करिब तीन लाख दर्शकले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको जानकारी दिए ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पो आयोजक समितिका संयोजक एवं सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष भोलेश्वर दूलालले नगर क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि एक्स्पो आयोजना गरिएको बताए । उनका अनुसार आठवटा सार्वजनिक शौचालय निर्माणको लागि १५ करोड ६२ लाखको डिपीआर तयार भएको छ । हालसम्म विराटचौक र सलकपुरमा दुईवटा शौचालय सञ्चालनमा आइसकेका छन् भने खोर्साने र हरैँचामा निर्माणको अन्तिम चरणमा पुगेका छन् । बाँकी चारवटा शौचालय बलियाचौक, गछिया, गोठगाँउ र मृगौलियामा निर्माण गरिने र यसको कुल लागत १५ करोड ६५ लाख हुने संयोजक दुलालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]