१४ भाद्र २०८३, आइतबार
30-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा किशोरीहरुलाई “सेल्फ डिफेन्स” तालिम

Logo
जनचर्चा संवाददाता

विराटनगर,४ फाल्गुन । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम सुरू भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बिहीबारदेखि उक्त तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले गरे । कार्यक्रममा बोल्दै उनले किशोरीहरुलाई आत्मारक्षा र हिंसा रोक्नको लागि प्रदेशभरी यस्तो कार्यक्रम सुरु हुने बताए । कानुनी र संवैधानिक कुराहरुको बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराउने उनले बताए । कोशी प्रदेशको राजधानी विराटनगरबाट यस्तो कार्यक्रमको सुरुवात भएको उनले बताए । विस्तारै अरु जिल्लाहरुमा पनि सेल्फ डिफेन्स तालिम सुरु हुने सदस्य सचिव बस्नेतले जानकारी दिए । ‘हामीले दुई खण्डमा कार्यक्रम विभाजन गरिएको छ । यसैसँग जोडेर योगाको कार्यक्रम पनि छुट्टै गर्ने तयारी गरिएको छ । तराइमा धेरै महिला हिंसाको घटनाहरु हुने गरेको छ । हिंसा न्यूनिकरणको लागि स्कुलका विद्यार्थीहरुलाई समेटेर कार्यक्रम आयोजना गरिएको हो,’ सदस्य सचिव बस्नेतले भने ।

कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डको सदस्य थलुराज भण्डारी, जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष सुरज श्रेष्ठ, कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघका संस्थापक अध्यक्ष तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले हिंसा रोकथाम र नियन्त्रणको लागि महिलाहरुलाई सेल्फ डिफेन्स तालिम आवश्यक रहेको बताए । उनीहरुले तालिमको सिकेको ज्ञान साथीहरुलाई पनि सिकाएर हिंसा रोकथाम र नियन्त्रण गरेर अगाडी बढनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै कार्यक्रम संयोजक तथा नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य शान्ता जोशीले सेल्फ डिफेन्स तालिमले किशोरीहरुलाई आत्मरक्षा र सक्षम बनाउने मात्रै नभएर आत्मविश्वास अभिवृद्धि गरी सामाजिक अपराध न्यूनीकरणमा ठूलो सहयोग पुग्ने बताइन् । ‘हिंसा न्यूनीकरणको लागि महिलाहरुलाई आत्मरक्षा तालिम जरूरी रहेको छ । आत्मरक्षा तालिम भनेको हिंसा जहाँ शुरू हुन्छ, त्यहीं अन्त्य हुनुपर्छ भन्ने हो । यसले पीडकलाई तुरुन्तै रोक्न सघाउँछ । कसरी आफूलाई हिंसाबाट बचाउने र स्वस्थकर जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले यो तीन दिने सेल्फ डिफेन्स तालिम हामीले आयोजना गरेको छौं,’ उनले भनिन् ।

कार्यक्रमको अध्यक्षता गरेकी समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले किशोरीहरुलाई आत्मरक्षा गर्न सक्षम बनाउने मात्रै नभएर आत्मविश्वास अभिवृद्धि गरी सामाजिक अपराध न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिइन् । तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागू गर्दै साथीलाई समेत सिकेका कुरा बुझाउन उनले आग्रह गरिन् । आइतबारसम्म संचालन हुने उक्त तालिममा १३ वटा विद्यालयका एक सय बढी किशोरीहरुको सहभागि रहेको अध्यक्ष डाँगीले बताइन् । तालिमको प्रशिक्षकहरुमा सुजता बस्नेत, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट आएका प्रहरी निरीक्षकको टोली रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]