०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराट गोल्डकपकाे सुरक्षा मजबुद बनाउन प्रहरी–प्रशासनसँग छलफल

Logo
जनचर्चा संवाददाता

विराटनगर,१४ फाल्गुन । विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिले मंगलबार सुरक्षा निकायका पदाधिकारीहरू सँग छलफल गरेको छ । विराट गोल्ड कप प्रतियोगिता २०८१ का संयोजक नविन रिजालले सुरक्षा निकायका पदाधिकारीहरूलाई प्रतियोगिताका विषयमा जानकारी गराएका थिए । उनले ७ हजार ५ सय दर्शक अटाउने क्षमता रहेको विराटनगरको सहिद रंगशाला र यसको वस्तुस्थितिका विषयमा समेत व्रिफिङ गरेका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी तथा तथा सुरक्षा निकायका पदाधिकारी सम्मिलित छलफलमा रात्रीकालिन फुटबल प्रतियोगितामा खेलमैदान भित्र पनि हुनसक्ने सम्भावित जोखिम र व्यवस्थापनका विषयमा छलफल भएको थियो । यहीँ फागुन १९ देखि २८ गतेसम्म सहिद मैदानमा दिवा-रात्री कालिन समयमा फुटबल प्रतियोगिता हुदैछ ।

छलफल कार्यक्रममा कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजन अधिकारी, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरिया, राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एसपी तिलक प्रसाई, सशस्त्र प्रहरी डिएसपी सुधिर खतिवडा, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी नायव निरीक्षक यज्ञराज शर्मा, विराट गोल्ड कप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल साह लगायतको सहभागिता रहेको थियो ।

नेपालका ८ र भारतका २ गरी १० टिमको सहभागिता रहने खेल भएकोले खेलाडी, दर्शक, दर्शकको सवारी साधन र अन्य सुरक्षार्थ सवै खाले सहयोगका लागि आयोजकले आग्रह गरेको थियो । छलफल संगै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गोल्डकप फुटबल प्रतियोगिताका लागि आवश्यक सवैखाले सुरक्षाको व्यवस्थापन गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]