०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराट गोल्डकपकाे सुरक्षा मजबुद बनाउन प्रहरी–प्रशासनसँग छलफल

Logo
जनचर्चा संवाददाता

विराटनगर,१४ फाल्गुन । विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिले मंगलबार सुरक्षा निकायका पदाधिकारीहरू सँग छलफल गरेको छ । विराट गोल्ड कप प्रतियोगिता २०८१ का संयोजक नविन रिजालले सुरक्षा निकायका पदाधिकारीहरूलाई प्रतियोगिताका विषयमा जानकारी गराएका थिए । उनले ७ हजार ५ सय दर्शक अटाउने क्षमता रहेको विराटनगरको सहिद रंगशाला र यसको वस्तुस्थितिका विषयमा समेत व्रिफिङ गरेका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी तथा तथा सुरक्षा निकायका पदाधिकारी सम्मिलित छलफलमा रात्रीकालिन फुटबल प्रतियोगितामा खेलमैदान भित्र पनि हुनसक्ने सम्भावित जोखिम र व्यवस्थापनका विषयमा छलफल भएको थियो । यहीँ फागुन १९ देखि २८ गतेसम्म सहिद मैदानमा दिवा-रात्री कालिन समयमा फुटबल प्रतियोगिता हुदैछ ।

छलफल कार्यक्रममा कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजन अधिकारी, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरिया, राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एसपी तिलक प्रसाई, सशस्त्र प्रहरी डिएसपी सुधिर खतिवडा, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी नायव निरीक्षक यज्ञराज शर्मा, विराट गोल्ड कप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल साह लगायतको सहभागिता रहेको थियो ।

नेपालका ८ र भारतका २ गरी १० टिमको सहभागिता रहने खेल भएकोले खेलाडी, दर्शक, दर्शकको सवारी साधन र अन्य सुरक्षार्थ सवै खाले सहयोगका लागि आयोजकले आग्रह गरेको थियो । छलफल संगै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गोल्डकप फुटबल प्रतियोगिताका लागि आवश्यक सवैखाले सुरक्षाको व्यवस्थापन गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]