०५ कार्तिक २०८३, बुधबार
21-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

इक्युवालिटि कप क्रिकेटको उपाधि मोरङलाई

Logo
जनचर्चा संवाददाता

विराटनगर,२२ चैत ।  नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधि साविक विजेता मोरङले जितेको छ । बिहिबार भएको फाइनल खेलमा सप्तरीलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जितेको  हो । पहिलो संसकरणमा मोरङले झापासँग पराजित भए यता लगातार उपाधि जित्दै आएको छ ।

टस हारेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८१ रन जोडेको छ । सप्तरीकी साक्षी यादवले २८ रन बनाउँदा दिपा रामले अविजित १५ रनको योगदान दिइन् । मोरङकी प्लेयर अफ फाइनल क्रितिषा धामीले ५ विकेट लिइन् । उनले किफायती बलिङ गर्दै ४ ओभरमा १ मेडन राख्दै ९ रन दिइन् । धामीबाहेक बन्धना राजवंशीले ३ विकेट लिइन् ।

८२ रनको लक्ष्य पछ्याएको मोरङले ११ दशमलव १ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङको जितमा सानु राजवंशीले अविजित ४० रन बनाउँदा कप्तान टिका साहले १५ रनको योगदान दिइन् । सप्तरीकी साक्षी यादवले १ विकेट लिँदा अपेक्षा यादवले पनि १ विकेट लिइन् ।

प्रतियोगिताको प्लेयर अफ सिरिज सिरहाकी सरस्वती चौधरी घोषित हुँदा उत्कृष्ट ब्याटर सप्तरीकी साक्षी यादव, उत्कृष्ट बलर मोरङकी क्रितिषा धामी र उत्कृष्ट विकेट किपर मोरङकी प्रिंसा राना मगर घोषित भइन् । प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटि कप क्रिकेट आयोजना भएको हो ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद बाबु र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठ लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]