०१ कार्तिक २०८३, शनिबार
17-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

मोरङबाट ३ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ

Logo
जनचर्चा संवाददाता

मोरङ,२६ चैत । मोरङको केराबारीबाट प्रहरीले ३ नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ पक्राउ परेका उनीहरुलाई वन्यजन्तु चोरीसिकारीमा संलग्न रहेको आरोप लगाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएको अवस्थामा केराबारी–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की पक्राउ परेका हुन् । प्रहरीका अनुसार केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू भने फरार छन् ।

पक्राउ परेकाहरुको साथबाट ३ नाल भरुवा बन्दुक बरामद भएको डीएसपी जोशीले जानकारी दिए ।उनीहरुलाई हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीको तयारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]