०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

शुभकामना सेक्युरिटिजद्वारा विराटनगरमा पहिलो शाखा सञ्चालन

Logo
जनचर्चा संवाददाता

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ।

विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि उपलब्ध गराउने लक्ष्य लिएको छ।

शाखा उद्घाटन कार्यक्रममा कम्पनीका सञ्चालक विनित अग्रवालले आधुनिक समयमा तलब वा अनिश्चित आम्दानीले मात्रले जीवन धान्न कठिन हुने भन्दै सेयर बजारप्रति सचेत भई लगानी गरेमा सेयर मार्केटबाट पनि राम्रो आम्दानी गर्न सकिने विचार व्यक्त गरे। “सेयर बजार अब केवल ठूलो लगानीकर्ताका लागि मात्र होइन, स-साना आम्दानी गर्ने व्यक्ति तथा नयाँ लगानीकर्ताका लागि पनि उपयुक्त क्षेत्र बन्न सक्ने सम्भावना बोकेको छ,” अग्रवालले भने। उनका अनुसार, कम्पनीमा २५ सयभन्दा बढी सेयर कारोबारीहरूले सेवा लिइरहेका छन्।

७१ नम्बर ब्रोकरको रूपमा चिनिने शुभकामना सेक्युरिटिजले आफ्नो शाखामा ट्रेडिङ रूम, लाइभ मार्केट प्रोजेक्ट स्क्रिनिङ, कन्सलटेन्ट रूम लगायतका सुविधाहरू उपलब्ध गराएको छ। बिहान ११ बजेदेखि ३ बजेसम्म यस संस्थामा लगानीकर्ताहरूको उल्लेख्य उपस्थिति रहने गरेको छ।

काठमाडाैं कन्द्रिय कार्यलय रहेकाे शुभकामना सेक्युरिटिजले २०२४ जुन १ देखि  नेपाली शेयर बजारमा ब्रोकरको रूपमा प्रवेश गरेको थियो। यस कम्पनीमा २० करोडभन्दा बढीको पुँजी रहेको बताइएको छ। विराटनगर र आसपासका क्षेत्रका बासिन्दाहरूको सेयर बजारमा सहज पहुँच र वित्तीय सचेतना अभिवृद्धिमा यस शाखाले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]