१२ माघ २०८२, आइतबार
25-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

पुस ९ गतेदेखि विराट ट्रेड एक्स्पो

Logo
जनचर्चा संवाददाता

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ ।

विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० वटा स्टल रहनेछन्। नेपालका साना, मझौला र ठूला उद्योगका उत्पादनसँगै भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरू पनि प्रदर्शनीमा राखिनेछन्।

संघका अध्यक्ष अनुपम राठीले मोरङ–सुनसरी औद्योगिक करिडोरको पुनरुत्थान गर्ने लक्ष्यसहित यो एक्स्पो आयोजना गरिएको बताए। कोशी प्रदेशका स्वदेशी उत्पादन, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको प्रवर्द्धनमा जोड दिइने बताइएकाे छ।

 यो आयोजनाले ज्ञान, प्रविधि र उद्यमशीलतालाई प्राथमिकता दिनेछ । स्टार्टअप, सूचना प्रविधि, कर तथा लेखा र महिला उद्यमीता प्रवर्द्धनसम्बन्धी विशेष स्टलहरू रहनेछन्। युवा उद्यमीहरूका लागि व्यवसाय विस्तार, डिजिटल ज्ञान, साइबर सुरक्षा र पर्यटन प्रवर्द्धनबारे विज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रम सञ्चालन हुनेछ।

मनोरञ्जनका लागि हरेक साँझ प्रसिद्ध कलाकारहरूको प्रस्तुति रहनेछ। कुमा सागर, रकहेड्स, एलिमेन्ट्स, कुटुम्ब, स्वप्न सुमन र उज्जेन शाक्य लगायतका कलाकारहरू मञ्चमा देखिनेछन्। मेला परिसरमा सेल्फी जोन, किड्स जोन, फिस टनेल र जलपरी टनेल निर्माण गरिनेछ भने नेपाली कला–संस्कृति झल्किने प्रवेशद्वार बनाइनेछ।

यो मेलाले ‘कोशी पर्यटन वर्ष २०८२’ लाई सफल बनाउन पनि योगदान पुर्‍याउने आयाेजककाे विश्वास छ। नेपाल र भारतको सीमावर्ती क्षेत्रबाट करिब २ लाख दर्शक आकर्षित हुने आयोजकको अनुमान छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]