१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बैशाख १८ मा ‘विराटनगर रन २.० म्याराथन’ हुने

Logo
जनचर्चा संवाददाता

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ ।

आयोजकले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विवरण सार्वजनिक गरेको छ। जिल्ला अध्यक्ष मनोज तिवारीका अनुसार म्याराथन नोबेल अस्पतालबाट सुरु भई सहिद रंगशालामा समापन हुनेछ। प्रतियोगिताको खुल्ला तर्फ प्रथम स्थान हासिल गर्नेले २५ हजार रुपैयाँ, दोस्रो स्थानमा रहनेले ११ हजार रुपैयाँ र तेस्रो स्थानमा रहनेले ६ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै विद्यार्थी वर्गमा विजेताले ११ हजार, दोस्रोले ६ हजार र तेस्रोले ३ हजार रुपैयाँ नगदसहित आकर्षक उपहार पाउनेछन्।

म्याराथनसँगै चर्चित गायिका रचना रिमालको लाइभ कन्सर्ट मुख्य आकर्षण रहनेछ। साे कन्सर्ट साँझ अस्पताकै प्रागणमा हुनेछ । दौडमा प्रयोग गरिएको टिकट नै कन्सर्टको प्रवेश पत्र मानिने आयोजकले जनाएको छ। यसका अतिरिक्त ट्राइसाइकल रेस र आर्म रेस्लिङ जस्ता प्रतियोगिताहरू पनि आयोजना गरिनेछ। अध्यक्ष तिवारीले यो कार्यक्रम केवल खेल वा मनोरञ्जन मात्र नभई स्वास्थ्य, नेतृत्व र सामाजिक उत्तरदायित्वलाई जोड्ने अभियान भएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]