२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

बैशाख १८ मा ‘विराटनगर रन २.० म्याराथन’ हुने

Logo
जनचर्चा संवाददाता

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ ।

आयोजकले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विवरण सार्वजनिक गरेको छ। जिल्ला अध्यक्ष मनोज तिवारीका अनुसार म्याराथन नोबेल अस्पतालबाट सुरु भई सहिद रंगशालामा समापन हुनेछ। प्रतियोगिताको खुल्ला तर्फ प्रथम स्थान हासिल गर्नेले २५ हजार रुपैयाँ, दोस्रो स्थानमा रहनेले ११ हजार रुपैयाँ र तेस्रो स्थानमा रहनेले ६ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै विद्यार्थी वर्गमा विजेताले ११ हजार, दोस्रोले ६ हजार र तेस्रोले ३ हजार रुपैयाँ नगदसहित आकर्षक उपहार पाउनेछन्।

म्याराथनसँगै चर्चित गायिका रचना रिमालको लाइभ कन्सर्ट मुख्य आकर्षण रहनेछ। साे कन्सर्ट साँझ अस्पताकै प्रागणमा हुनेछ । दौडमा प्रयोग गरिएको टिकट नै कन्सर्टको प्रवेश पत्र मानिने आयोजकले जनाएको छ। यसका अतिरिक्त ट्राइसाइकल रेस र आर्म रेस्लिङ जस्ता प्रतियोगिताहरू पनि आयोजना गरिनेछ। अध्यक्ष तिवारीले यो कार्यक्रम केवल खेल वा मनोरञ्जन मात्र नभई स्वास्थ्य, नेतृत्व र सामाजिक उत्तरदायित्वलाई जोड्ने अभियान भएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]